कालो दिनका रुपमा मनाउन कांग्रेस रुपन्देहीको अपिल

बुटवल । रुपन्देही जिल्लाबाट राजधानी निर्णयको बिरुद्धमा नेपाली कांग्रेस रुपन्देहीले मंगलबारलाई कालो दिनका रुपमा मनाउने भएको छ । निर्णय लगत्तै नेपाली कांग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले विज्ञप्ती जारी गर्दै राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गर्नु भएको छ ।
उहांले मंगलबार साझ ७ बजे आघा घण्टा घरका वत्ती निभाएर विरोध जनाउन पनि अपिल गर्नु भएको छ ।
उहांले जनताको भावनामा गंहिरो चोट प्र्याउने सरकार र त्यसका मतियारहरुका विरुद्ध उपयुक्त मुल्याङक हुने पनि बताउनु भएको छ ।
व्यापक विरोध जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चदै सरकारले दुई तिहाई मतको दम्भले गलत निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै रुपन्देही राजधानीका लागि नेपाली कांग्रेस रुपन्देहीले निरन्तर आन्दोलन चलाई रहने र आफ्नो पार्टिको वहुमत पुगेका वेला रुपन्देही बनाउने दावी समेत गरेको छ ।
अहिले चलिहरेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ । साथै आन्दोलनको रणनिति बनाउनका लागि बुटवलको होटलमा वसिरहेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे त्यसका विरुद्धको आन्दोलन थेग्न सरकारलाई मुश्चिल पर्ने चेतावनी कांग्रेसको रहेको छ । पक्राउ परेको नेता कार्यकर्ताहरुलाई विभिन्न यातना दिने, झुट्टा मुद्धा लगाएर फसाउने प्रहरी प्रशासनको हर्कत तत्काल रोक्न कांग्रेसले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial