आफ्नो क्षेत्रमा व्यस्तता बढाउदै : सांसद विश्वकर्मा

भैरहवा । रुपन्देही क्षेत्र नम्बर १ का संघीय सांसद छविलाल विश्वकर्मा बिगत केही दिन देखि निर्वाचन क्षेत्रमा ब्यस्त रहेका छन् । सांसद विश्वकर्माले बेलहिया भूमही सडक खण्ड अन्तर्गत रुपन्देहीको बसन्तपुरमा सडक सुधार कार्यक्रमको अवलोकन गरेका छन् । सडक सुधार कार्यक्रम अन्तर्गत बसन्तपुरको बजार क्षेत्रमा निर्माण गरिएको नालीको अवलोकन गर्दै उनले गुणस्तर र तोकिएकै समयमा काम सम्पन्न गर्न जनस्तरबाट निगरानी गर्नु पर्ने बताए । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले कोविड–१९ का कारण विकास निर्माणका कामहरु प्रभावित भएको उल्लेख गर्दै ,अबको दिनमा विकासका कामहरु प्रभावकारी ढंगले अगाडि बढ्ने बताए । स्थानियवासी सँग कुराकानी गर्दै पूर्व मन्त्री विश्वकर्माले यस बर्ष बालापुर तथा वैकुण्ठपुर र सेमरहवाको समेत सडक सुधार गरिने बताउदै जनताको जीवन स्तर माथि उठाउन क्षेत्रका विभिन्न वस्तीहरुमा सडक संजाल बिस्तार गरिने जानकारी गराए । सोही अवसरमा बोल्दै सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनियर दुर्गा गौतमले वसन्तपुर बजार क्षेत्रको सडक सुधारका निम्ति संघीय सरकारबाट ५ करोड ५० लाख रकम बिनियोजन भएको बताउदै यो वर्ष बालापुरमा समेत सडक सुधार कार्यक्रम अन्तर्गत ं२ सय ५० मिटर नाली निर्माण गरिने बताए । त्यसै गरि संघिय सांसद विश्वकर्माले स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्र्तगत निर्माण भई रहेको ओम सतिया ४ वसन्तपुरको रामजानकी वुद्ध सामुदायिक भवनको अवलोकन गर्नु भएको थियो । त्यसै गरि उनले ईमलिहवा, पिपरहवा, सेमरहवा सडक खण्डमा भई रहेको निर्माण कार्यको अनुगमन गरि ंसडक डिभिजनका प्राविधिक तथा निर्माण कम्पनीका प्रतिनिधीलाई गुणस्तरीय काम गर्न निर्देशन समेत दिएका छन् । अनुगमनका क्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, नेकपाका प्रदेश कमिटी सदस्य तथा ओमसतिया गाउपालिकाका अध्यक्ष हिरा केवट, नेकपा क्षेत्रिय संयोजक यज्ञ गैरे, जिल्ला सदस्य सञ्जय गुप्ता, प्रदिप पाण्डे, नरसिहँ चौधरी, नेकपाका नेता शैलेन्द्र उपाध्याय, युवा नेता भोला क्षेत्री राजाबाबु, मनवाहादुर चौधरी लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial