
भैरहवा । भैरहवामा सामाजिक क्रियाकलापमा सक्रिय संस्था लायन्स क्लब अफ भैरहवा लुम्बिनीको आयोजनामा “खुल्ला रक्तदान तथा निःशुल्क मधुमेह जांच शिविर” सम्पन्न भएको छ । सह–सचिव लायन विराज त्रिपाठीको संयोजकत्वमा आज शनिवार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा रहेको श्रीराम जानकी हनुमान मन्दिरको प्राङ्गणमा सम्पन्न भएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य सन्तोष पाण्डेका प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, सिद्धार्थ लेडी जेसिसकी अध्यक्ष बिनिता श्रेष्ठ, निर्भय उपाध्याय लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।