सांसद यादवको प्रश्न : बस्दै नबसेको शुल्क विद्यार्थीले कसरी तिर्ने ?

भैरहवाँ । निजि विद्यालयले मागेको होस्टल शुल्क प्रति रूपन्देही क्षेत्र नम्बर ४ का सांसद प्रमोद कुमार यादवको ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेस पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवले विभिन्न शैक्षिक संस्थाहरुले होस्टलमा बस्दै नबसेको अवधिको पनि शूल्क मागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद यादवले बस्दै नबसकेको अवधिको शूल्क माग्नु ठगी भएको बताएका हुन् ।
शैक्षिक संस्थाहरूले कोरोना महामारीका कारण भर्चुअल क्लास चलाइरहेकाले सो को भने न्यायोचित रकम लिनु भने ठिकै भएको उनको भनाई छ । चैत देखि घर बसेरै पढिरहेका विद्यार्थीहरूसँग होस्टेल फि समेत मागेको गुनासो आएके भन्दै उनले बस्द नबसेको होस्टेलको शूल्क विद्यार्थीले कसरी तिर्ने ? भन्द प्रश्न नि गरेका छन् ।
चैत ११ गतेदेखि कोरोना महामारीका कारण शैक्षिक संस्थाहरु बन्द नै छन् । शैक्षिक संस्था बन्द भएपछि होस्टलमा बसिरहेका विद्यार्थीहरु अधिकांस आ आफ्नो घर नै गएका छन् । तर विद्यालय र कालेजहरुले चैत देखि कै होस्टल शूल्क समेत तिर्न दबाब दिएको भन्दै सांसद यादवले अन्यायपूर्वक शूल्क उठाउने कुरा गलत भन्दै सरकार लाई सो बारे चासो दिन आग्रह गरेका हुन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘शैक्षिक संस्थाहरूले कोरोना महामारीका कारण भर्चुअल क्लास चलाइरहेका छन् । त्यसबापत शुल्क माग्ने कुरासम्म न्यायोचित नै मान्न सक्लान् अभिावकहरूले । तर, चैत देखि घर बसेरै पढिरहेका विद्यार्थीहरूसँग होस्टेल फि समेत मागेको गुनासो आएका छन् । बस्दै नबसेको होस्टेलको शूल्क विद्यार्थीले कसरी तिर्ने रु यसरी शूल्क माग्नु अन्यायपूर्ण छ । त्यसो गर्नु सरासर ठगि गर्नु हो । सरकारले यसतर्फ बेलैमा ध्यान देओस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial