देवदहका एक जना कोरोना संक्रमितको मृत्यु

भैरहवाँ । रुपन्देहीको देवदहका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बिहान १० बजे कोरोना अस्थाई अस्पताल बुटवलमा उपचार गराइरहेका देवदह–११ का ५५ वर्षीय पुरुषकोे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाले जानकारी गराएका छन् ।
असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेको र पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial