बाढी प्रभावितलाई राहत वितरण

भैरहवा । जेसिआई सिद्धार्थ नेपालले रुपन्देहीको ओमसतिया गाउँपालिकाका बाढीप्रभावितलाई राहत वितरण गरेको छ । ओमसतिया गाउँपालिका वडा नम्बर ५ पिपरहिया गाउँमा अविरल वर्षाका कारण क्षति भएका ३० परिवारलाई राहत वितरण गरिएको हो ।

नेपाली कांग्रेस रुपन्देहीको समन्वयमा प्रति परिवार चामल दाल , नुन तेल, पिठो, चिनी लगायतका सामग्री वितरण गरिएको हो । नेपाली कांग्रेस रुपन्देहीका सभापती तथा पुर्व मन्त्री अब्दुल रज्जाकले विपदमा परेका नागरिकहरुलाई राहत वितरण गर्नु सबैभन्दा उत्कृष्ट कार्य भएको बताए ।

उनले विधिको शासन र मानवको सेवालाई आफ्नो आर्दशका रुपमा लिने जेसिसले गरेको यो कार्य निकै उत्कृष्ट भएको बताए । नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सासदका उम्मेदवार हरी न्यौपानेले युवाहरुले मानवताका क्षेत्रमा कार्य गर्नु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका जिल्ला सदस्य नविन आचार्य, जेसिआई सिद्धार्थका अध्यक्ष भुवन राणा, कमल भण्डारी हुमकान्त भुषाल, नेपाली काग्रेशका क्षेत्रीय सचिव बैजनाथ साहनी, जिल्ला सदस्य अकबाल खाँन लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial