मर्चवार बाढी पीडितहरु लाई राहत

भैरहवाँ । अबिरल बर्षका कारण डुबानमा परेको रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका प्राकृतिक प्रकोप बाढी पीडितहरुलाई राहत समग्री प्रदान गरिएको छ ।
अन्र्तराष्ट्रिय गैरसरकारी संस्था युनीसेफ, स्थानीय बिपद ब्यवस्थापन समिती रुपन्देही ,नेपाल रेडक्रस रुपन्देही र नमूना एकीकृत बिकास परिषदको संयुक्त अयोजनामा सो क्षेत्रका ४४ जना बाढी पीडितहरुलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा त्रिपाल लगायत राहत सामग्री बितरण गरिएको हो ।
राहत बितरण समारोहलाई सम्बोद्धन गर्दै रुपन्देही सहायक प्रमुख जिल्ला अधिकारी बिजय राज पोखरेलले थप सहयोग लिन प्राकृतिक प्रकोप बाढी ग्रस्त क्षेत्र मर्चवारका बाढी पीडितहरु घटना स्थल प्रहरी मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस भौतिक तथा कृषिबालीको क्षति बिबरण जिल्ला प्रशासन कार्यालयमा उजुरी लिएर आउनु पर्ने जानकारी गराए ।
उनले मर्चवार बासीबर्षेनी पहाडी नदीहरुले फालेको पानीले डुबानमा पारिरहेको कारण बाढी प्रभावित क्षेत्र मर्चवारको दीर्घकालीन बिपद ब्यवस्थापन योजना निर्माणका लागि स्थानीय, प्रान्तीय र केन्दियतहलाई बिशेष चासो लिनु पर्ने ध्यानाकर्षण समेत गराए ।
कार्यक्रममा सम्मरीमाई गाँउपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्ल (बब्लु) ले दानवनदी तटमा आठ किलो मीटर लामो पक्की बाँध बनाए पछि दर्जनौ गाँउलाई डुबानबाट बचाउन सकिने भएकोले त्यसका लागि पहल गरिदिन सरोकारवाला सँग माँग समेत गरे ।
कार्यक्रममा नेपाल रेडक्रस रुपन्देहीका प्रेमदास , नमूना एकीकृत बिकास परिषद अध्यक्ष ज्ञानु पौडेल, प्रकोप ब्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मी र ग्रीन युथआफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial