बाढीप्रभावित परिवारलाई लायन्स भैरहवा लुम्बिनीको सहयोग

भैरहवा। सामाजिक क्षेत्रमा कृयाशिल लायन्स क्लब अफ भैरहवा लुम्बिनीले लुम्बिनी सान्स्कृतिक नगरपालिका-२ स्थित भर्थापुरका बाढीप्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । भर्थापुर गाउँमै पुगेर क्लबले ८५ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको संस्थाका संस्थापक अध्यक्ष रवि कुमार रौनियारले बताए । कार्यक्रममा वडा अध्यक्ष रमेश प्रसाद निषाद,कार्यक्रम संयोजक विजय यादव , लायन्स क्लव अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष रवि कुमार रौनियार, प्रथम उपाध्यक्ष लक्ष्मी केसी, त्रितिय उपाध्यक्ष विजया खत्री, सचिव बिरेन्द्र गुप्ता, सह-कोसाध्यक्ष,बिरेन्द्र ज्ञवाली,सदस्य राजा बाबू क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial