
उज्यfलो सन्देश सवांदाता
भैरहवा । विश्व पर्यटन दिवस-२०२० को अवसर पारेर लायन्स क्लब अफ भैरहवा लुम्बिनीले आइतबार भैरहवास्थित बुद्धचोकमा दिप प्रज्जवलन गरेको छ । सो अवसरमा बोल्दै क्लबका संस्थापक अध्यक्ष अध्यक्ष रवि कुमार रौनियारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले पर्यटन क्षेत्रलाई धेरै असर पुर्याएको बताए ।कार्यक्रममा क्लबका एक्सटेन्सन चैयरपर्सन सतिस कुमार कौशल(दिपक), प्रथम उपाध्यक्ष लक्ष्मी केसी, दृतिय उपाध्यक्ष विजया खत्री, सचिव बिरेन्द्र गुप्ता, सह-कोषाध्यक्ष बिरेन्द्र ज्ञवाली, पवन मिश्रा, राजा बाबू क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।