
भैरहवा । राष्ट्रिय महिला आयोगका पुर्व सदस्य तथा जनता समाजवादी पार्टी प्रदेश नम्बर ५ का उपाध्यक्ष धनेश्वरी चौधरीले आफ्नो जन्म दिनको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ ।
रोहिणी गाउंपालिका वडा नम्बर ३ धकधई आफ्नै निवासमा त्यहां रहेका २० जना जेष्ठ नागरिकलाई ब्लाईंकेट, टर्च लाईट सहित खादा तथा भोजन ग्रहण गराएर सम्मान गरिएको चौधरीले जानकारी दिनुभयो ।
पहिलादेखि नै समाजसेवामा आफ्नो रुची भएका कारण जन्म दिनमा गरिने अन्य फजुल खर्चलाई बचाएर समाजका लागि केही गर्ने चाहाना अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको चौधरीको भनाई छ । कुनै पनि सामाजिक काम सानो नहुने भन्दै सहयोग गर्न पाउंदा आत्म सन्तुष्टी पाउने उहांले बताउनु भयो । कार्यक्रममा पुर्व मन्त्री एवम् जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा ५ नम्बर प्रदेश ईन्चार्ज दान बहादुर चौधरी, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज देवेन्द्र पाण्डे,केन्द्रिय सदस्य महेन्द्र यादव, पार्टी निकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य विद्या यादव, नेताहरु योगेन्द्र चौधरी,जय प्रकाश यादव लगायतका नेताहरु सो कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रमको अध्यक्षता तिङ्गल प्रसाद चौधरी तथा स्वागत ऋतुराज सिंहले गर्नुभएको थियो