ओमसतियाका बाढीप्रभावितलाई रेडक्रसको राहत

भैरहवा । नेपाल रेडक्रस सोसाइटी उपशाखा धकधईले रुपन्देहीको ओमसतिया गाउँपालिकाका बाढीप्रभावितलाई राहत वितरण गरेको छ । ओमसतिया गाउँपालिका वडा नम्बर ५ पिपरहिया गाउँमा अविरल वर्षाका कारण क्षति भएका २२ घरका ८६ जना परिवारलाई राहत वितरण गरिएको उपशाखाका सभापति अनिल कुमार कौशलले बताए ।

उपशाखाले खाद्यान्न सामाग्री तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले भाडाकुँडा, लगाउने कपडा, त्रिपाल आदि सामाग्री वितरण गरेको रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष प्राध्यापक सुर्दशन नेपालले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल), रेडक्रसका मन्त्री आर.मोहम्मद खाँन, धकधई उपशाखा उपसभापति संजय कुमार गुप्ता ,रापप्राका केन्द्रिय सदस्य ताहिर अली, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय देवेन्द्र पाण्डेय सागर, पार्टीका युवा नेता विद्या यादव, संचारकर्मी पशुपति यादव लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial