पूर्वमन्त्री शुक्लद्वारा गाउँपालिकालाई सुरक्षा सामाग्री प्रदान

भैरहवा । पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले रूपन्देही कोटहीमाई गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीको सुरक्षाका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
मंगलबार कोटहीमाई गाउपालिकामा एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवलाई पीपीई सेट १६ थान, ग्लास (चस्मा) १६ थान, सेनिटाइजर ६ लिटर, के ९० मास्क ४० थान, ३ लेयर मास्क २ सय थान, फेस कभर ३० थान, स्ट्राइल ग्लोब्स २ सय पिस, सर्जिकल ग्लोब्स ५० थान हस्तान्तरण गरिएको अनुराग शुक्लले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लले कोरोना भाइरसको संक्रमणबाट बच्न सबैले सावधानी अपनाउन आग्रह गरेका छन् । कोरोना भाइरसलाई नदेखेपनि आधारभूत सावधानी अपनाई यसबाट सजिलै बच्न सकिने बताए ।
कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिदै शुक्ले भने, ‘कोटहीमाई गाउँपालिकाले गरेको काम अति प्रशंसनीय रहेको छ र यस गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाईन पनि वयवस्थित छ ।’
गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रिषिराम अर्जेल, इलाका प्रशासन कार्यालय मंझगावाका प्रमुख धु्रव प्रसाद नेपाल, बास रुपन्देही कि कार्यकारी निर्देशक विजय खत्री लगायतको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial