चोरी भएका १६ मोबाइल सम्बन्धित धनीलाई फिर्ता

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी तथा हराएको १६ थन मोबाइल सेट बरामद गरी सम्बन्धित धनीलाई बुझाएको छ । मोबाईल चोरी तथा हराएको धेरै उजुरी आउन थालेपछि रुपन्देही प्रहरीले उच्च प्रविधीको प्रयोगले मोबाइल खोजी गरी सम्बन्धित धनीलाई कार्यालयमै बोलाएर बुझाएको हो । मोबाइल हस्तान्तरण गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले मोबाइललाई सुरक्षित राख्न र हराएमा वा चोरी भएमा तत्काल प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial