उद्योग ब्यपार संगठनको कार्ययोजना सार्वजनिक

भैरहवा । उद्योग ब्यपार संगठन रुपन्देहीले आफ्नो बार्षिका कार्ययोजना सार्वजनिक गरेको छ । संगठनको शनिबार भैरहवामा बसेको १३ औं बार्षिक कार्ययोजना बैठकले बर्ष भरिको कार्ययोजना स्विकृत गरेको छ ।

उद्योग ब्यपार संगठनले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि ११ बुंदे कार्ययोजना सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले कोभिड–१९ को कारण ६ महिना सम्म उद्योग ब्यपार बन्द गर्नु परेको कारण राहत प्याकेजको लागी दबाब दिने निर्णय गरेको बताए । उनले उद्योग र ब्यपार क्षेत्रा ब्यवसायीहरुलाई बैंकको छुट र किस्ताको समयअवधि बढाउन पहल गर्ने र होटल तथा रेष्टुरेण्ट, यातायात, ब्यूटिपार्लर, सैलुन र निजि स्कूलहरुलाई परेको प्रभावमा सरकारको सम्बन्धित मन्त्रालयबाट बिज्ञहरुको टोली गठन गरि लगानीको आर्थिक नोक्सानको यथार्थ विवरण बाहिर ल्याई राहत प्याकेजको घोषणा गर्न पहल गर्ने बताए ।

यस्तै संगठनले आफै खरिद गरेको जग्गामा भवन निर्माण गर्ने समेत जनाएको छ । यस अघि सिद्धार्थनगर नगर पालिकामा रहेको नेपाल सरकारको नाममा रहेको जग्गा प्रयोग गर्ने भनिए पनि त्यसमा विवाद भएको कारण अब आफ्नै जग्गामा कार्यालय निर्माण गर्ने भण्डारीले जनाए । भवन निर्माणको लागी सहयोग गर्न बिभिन्न १६ वटा उपसमिति समेत गठन गरिएको छ ।

यस्तै कोभिड–१९ को कारण रोकिएको दैनिक जिवनस्तर उकास्न नगर सरसफाई, रक्तदान कार्यक्रमको आयोजना गर्ने, उद्योग ब्यवसायीहरुका समस्या समाधानमा पहल गर्ने, अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्ने, र नया बर्षको २०७८ को क्यालेण्डर प्रकाशन गर्ने निर्णय भएको छ ।

यस्तै संगठनले २०७८ को नया सालको अवसर पारी २०७७ चैत्र मसान्तमा न्यु ईयर ईभको रुपमा सडक खाना महोत्सव मनाउने कार्ययोजना समेत सार्वजनिक गरेको छ । ब्यवसायीहरुका दर्ता नविकरण र ब्यवसायीहरुको गुनासो रिपोर्ट गरि चैत्र मसान्त भित्र नै संगठनको र यस मातहतका शाखा संगठनहरुको बार्षिक साधारण सभा र अधिवेशन गर्ने कार्ययोजना समेत रहेको अध्यक्ष भण्डारीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial