विभिन्न पार्टी परित्याग गरी ६९ जना जसपामा प्रवेश

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत विभिन्न पार्टी परित्याग गरी ६९ जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । रोहिणी–३ परासीझुंवाको दक्षिण टोलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६९ जना जसपामा प्रवेश गरेको पार्टीका युवा नेता विद्या यादवले बताए ।
उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, प्रशान्त गुप्ता , विजय बहादुर सिंह थारु, रामधर हरिजन, रोहित सहानी लगायतले पार्टीमा प्रवेश गराए ।
यसैबीच शनिबार रोहिणी गाउँपालिका–३ परासीझुवाको उत्तरटोलामा शरदा हरिजनको अध्यक्षतामा १०१ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial