लुम्बिनीमा ट्राफिक प्रहरीको आफ्नै बिट

विवेक विश्वकर्मा

भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ट्राफिक प्रहरीको आफ्नै बिट स्थापना भएको छ । यस अघि बस्दै आएको बिट सडक बिस्तारको क्रममा भत्काइए पछि लुम्बिनीको पर्सा चोकमा ट्राफिक प्रहरीको आफ्नै सुविधा सम्पन्न बिट निर्माण भएको हो ।

अस्थायी ट्राफिक बिटको उदघाट्न गर्दै संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मोहन कुमार आचार्यले शान्ति सुरक्षा, अमनचैन, सुशासन तथा अपराध नियन्त्रणका लागि प्रहरीले जनता सँग हातेमालो गर्दै अगाडी बढ्न निर्देशन दिएका छन् ।

आचार्यले कसैको हित नगर्ने अपराधी जनता माझ लुकेर बसेको हुदा त्यसलाई कानूनी कठघरामा ल्याउन वर्दीधारी प्रहरीले बिना वर्दीका जनता सँग हातेमालो गर्दै अघि बढन निर्देशन गरे ।

उनले जनता र प्रहरी बीचको सुमधुर सम्बन्धले अपराधमुक्त समाज स्थापना हुनुका साथै दिगो शान्ति समेत कायम गर्न साझेदारी प्रहरी सेवाको भावना बोकी प्रत्येक जवान ईमानदारी पूर्वक जवाफदेही भई आ–आफ्नो क्षेत्रमा खटिनु पर्ने बताए ।

कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जिल्लावासीलाई शान्तिसुरक्षाको प्रत्याभूती दिलाउन मुस्कानका साथ प्रहरीसेवा कार्यस्थलमै पुरयाउनु पर्ने बताए ।  प्रदेश नंम्बर ५ का ट्राफिक प्रहरी प्रमुख डम्बर बिकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial