चार करोडको लागतमा अत्याधुनिक बार सञ्चालनमा

भैरहवा । सरकारले होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न अनुमति दिएकै दिन भैरहवामा अत्याधुनिक रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।
करिब ४ करोडको लागतमा भैरहवामा जोडेक लाउन्ज एण्ड बार सञ्चालनमा आएको हो । भैरहवामै पारिवारिक वातावरणमा अन्र्तराष्ट्रिय स्तरको रेष्टुरेण्टको माहौल उपलब्ध हुने भएको हो । भैरहवाकै ५ जना युवाहरुले सञ्चालनमा ल्याएको बारमा डिजे सुविधा सहित स्वादिष्ट परिकारहरुको उपलब्ध गराउने सञ्चालक सुनिल सेन्चुरीले बताए ।
भैरहवामा गौतम बुद्ध बिमानस्थल सुचारु भए पछि पर्यटकको आगमनलाइ ध्यानमा राख्दै रेष्टुरेन्ट सन्चालनमा ल्याइएको बताए । उनले अन्य रेष्टेरेन्ट भन्दा यहा भिन्दै वातावरण पाउने दावी गरे । लाईभ म्यूजिक, ब्याण्ड सहित यस क्षेत्रकै उत्कृष्ट स्वाद पर्यटकले लिन पाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial