नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ५ अन्र्तगत सैनामैना नगरपालिकाका नेकपा र नेकपा (विप्लव) समूहका १० जना कार्यकर्ताले आफ्नो पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा एक कार्यक्रमको आयोजना गर्दै उनिहरुलाई पार्टीमा प्रवेश गराएको छ । पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि संसदिय लेखा समितिका सभापति एवम रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरत कुमार शाहले सरकारले जनताको पक्षमा केही काम नगरेको बताउदै काङ्ग्रेस जनताका मुद्दामा सडकमा समेत उत्रिने बताए ।
शाहले सरकारले लकडाउनको अवधिलाई सदुपयोग नगरेको आरोप लगाए । उनले अन्य देशमा लकडाउन गरे पछि बिभिन्न भौतिक पूर्वाधारहरु निर्माण गरेको, अस्पताल, क्वारेन्टाईन लगायत निर्माण कार्यमा समय खर्चिए पनि नेपाल सरकार भ्रष्ट्राचारमै लिप्त रहेको आरोप लगाए ।
प्रमुख प्रतिपक्षी भए पनि अहिले सम्म लकडाउनकै कारण सडकमा आएर बिरोध गर्न नसकेको बताउदै शाहले अब अति भएको टिप्पणी गरे । उनले अब कुनै पनि कारणले कांग्रेस आन्दोलनमा नरोकि सडकमा आउने दावी समेत गरे ।
नेपाली कांग्रेस जिल्ला कार्य रुपन्देहीका सभापति अब्दुल रज्जाकको अध्यक्षता एवम सचिव रामकृष्ण खाँणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial