रेनो कम्पनीको २०२० क्विड गाडी बिक्री सुरु

भैरहवा । भैरहवामा रेनो कम्पनीको लागी आधिकारीक बिक्रेता भैरहवा अटो कम्पनीले रेनो कम्पनीको २०२० क्विड गाडी बिक्री वितरण सुरु गरेको छ ।
कम्पनीले भैरहवामा एक कार्यक्रमको आयोजना गवरि रेनोको उक्त गाडी बिक्री वितरण सुरु गरेको जनाएको छ । आजदेखि बिक्री सुरु गरिएको गाडी अत्यन्तै सुविधायुक्त भएको कम्पनीका संचालक सुन्दर पाठकले जानकारी दिए । यो गाडीमा एलइडी, डीआरएल लाइट, इलेक्ट्रिक पावर स्टेरिङ, मोबाइल चार्ज पोर्ट सिस्टम, ८ इन्चको एप्पल टच इस्क्रिन, डिसप्ले भिडियो प्लेयर सिस्टम, डिजिटल स्पीड मिटर, ४ वटै ढोकामा पावर विन्डो रहेको पाठकले बताए । मूल्यका हिसावले यो गाडी पुरानो क्विडको मूल्य भन्दा एक लाख रुपैयाँ मात्रै बढी भएको जनाइएको छ । यसको मूल्य २४ लाख ९९ हजार तोकिएको छ ।
क्विड गाडी एक हजार सीसीको रहेको र यसमा ३ सिलिन्डिर, बीएस ६ पेट्रोल इन्जिन भएको कम्पनीले जनाएको छ । यो गाडीको ग्राउण्ड किलेरेन्स १८४ एमएस छ । गाडीमा २ वटा एयर व्याग, स्पिड भिडियो प्लेयर कन्ट्रोल सेन्सर, एबीएस, इबीदी ब्रेकिङसिस्टम, रिअर पार्किङ क्यामेरा र रिअर पार्किङ सेन्सर, मेनुअल लकअनलक सिस्टम रहेकाले निकै सुरक्षित रहेको मार्केटिङ प्रमुख डार्बिन रोका मगरले बताए ।
कार्यक्रममा गाडी सार्वजनिक गर्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले विश्व बजारमा प्रतिस्पर्धी र सुविधायुक्त भएकाले यो गाडीको विक्री वितरण अत्यन्तै राम्रो हुने विश्वास गरे ।
विश्वका ७४ देशमा बिक्रीवितरण हुँदै आएको यो गाडी सन् २०१६ देखि भैरहवा अटो कम्पनीले भैरहवा क्षेत्रमा विक्रीवितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial