
विवेक विश्वकर्मा
भैरहवा । शसस्त्र प्रहरीले भन्सार छली ल्याउदै गरेको अवैध सामाग्री बेलबासबाट नियन्त्रणबाट लिएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेक्वा रुपन्देहीबाट खटिएको टोलीले अवैध रुपमा ल्याउदै गरेको ९ लाख ७४ हजार ४ सय बराबरको कपडा बरामद गरेको छ । शसस्त्र प्रहरी निरिक्षक मिनराज भट्टको नेतृत्वमा रहेको प्रहरी टोलीले लु१ज ४१७५ नम्बरको बलेरो पिकअपमा कबाडी समानले छोपेर ल्याउदै गरेको अवश्थामा १ हजार ३ सय ९२ वटा लेडीज कुर्ता सेट बरामद गरेको हो । कपिलवस्तुबाट रुपन्देही आउदै गरेको उक्त पिकअपमा भन्सार छलीको समान रहेको बिशेष सुचनाको आधारमा प्रहरीले उक्त समाग्री बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेक्वा रुपन्देहीका प्रमुख तेज प्रसाद पोखरेलले जनाए । उनले गाडीसंगै ओसार पसारमा संलग्न रहेका चालक कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ८ बस्ने नियाज अहमद र सोही ठाउ बस्ने सहचालक राजकुमार पासीलाई समेत नियन्त्रणमा लिएको जानकारी दिए । बरामद भएको समानलाई थप कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।