पूरानो फाईल पनि खोतल्छु : रुपन्देही प्रहरी प्रमुख

विवेक विश्वकर्मा
भैरहवा । रुपन्देहीका नवआगन्तुक प्रहरी प्रमुख प्रवीण पोखरेलले अपराधका नया घटना मात्र नभई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका अपराधका पूराना फाईल पनि खोतल्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले नया अपराध मात्र नभई यस अघि रहेका “पेण्डिङ्ग केस” हरुलाई पनि उत्तिकै प्राथमिकता दिने बताए । यसको साथै जिल्लामा बिभिन्न अपराध गरि सजाय तोकिएका फरार अपराधीहरु पनि आफ्नो लिष्टमा रहेको उनले दावी गरे । यस अघि लामो समय केन्द्रिय अनुसन्धान ब्यूरोमा काम गरेको अनुभव रुपन्देहीमा प्रयोग गर्ने उनले बताए ।
अख्तियारबाट रुपन्देही प्रहरी प्रमुख भई आएका एसपी पोखरेलले सीमामा हुने अवैध कारोबार र अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले रुपन्देहीको बसाईमा हुदा गर्नु पर्ने कामको कार्ययोजना नै बनाएर आएको दावी गरे । “ऐन नियमको परिधिभित्र रहि प्रहरी मूख्यालयले तोकेको कार्ययोजना अनुसार काम गर्नेछु । ” पोखरेलले भने । यसका साथै कार्यालयमा सेवाग्रहीहरु एक्लै आएर पनि सेवा लिन सक्ने वातावरण तयार गर्ने उनले बताए ।
प्रहरीकहा आउने पिडित कुनै बिचौलियाको भर नपरि आफ्नो पिडा प्रहरीलाई निर्धक्क राख्न सक्ने वातावरण बनाउने र प्रहरी मेरो साथी भएको महशुश गराउने गरि काम गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial