असोज ५ देखि आन्तरिक उडान सुरु गर्ने सरकारको निर्णय

भैरहवाँ । मन्त्रिपरिषदको आजको बैठकले अगामी असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो । यस्तै लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय पनि बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।
यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial