कसौधन महिला समितिद्वारा खाद्यन्न बितरण

भैरहवा । राष्ट्रिय बाल दिवसको अवसर पारेर कसौधन महिला समिति रुपन्देही सिद्धार्थ बाल आश्रममा खाद्यन्न सहयोग गरेको छ ।

कोभिड–१९ को कारण सबै क्षेत्र मारमा परेको र बाल आश्रममा रहेका बालबालिकाहरुलाई गाह््रो नहोस भन्ने उद्देश्यले खाद्यन्न सहयोग गरेको आयोजकले बताए । कसौधन सेवा समितिकी अध्यक्ष पूनम कसौधनले बाल दिवसको दिन दिनलाई यो भन्दा राम्रो उपहार नभएको बताईन । उनले दिवसकै दिन बाल आश्रम सञ्चालक सित सल्लाह गरे २२ हजार बराबरको खाद्यन्न प्रदान गरिएको जानकारी दिईन । चामल, दाल, चिनि, बिस्कुट, चिउरा लगायतका सामाग्रीहरु प्रदान गरिएको कसौधनले बताईन । उनले भविष्यमा समेत यस्ता सहयोगले निरन्तरता पाउने बताईन ।

बालआश्रममा सुरुका दिनमा खाद्यन्नको कमि नरहे पनि बिस्तारै खाद्यन्नकै अभावमा बालआश्रम सञ्चालन गर्न कठिनाई भै रहेको अवश्थामा खाद्यन्न सहयोग गरेर कसौधन महिला समितिले गुन लगाएको आश्रमकी सञ्चालिका कृष्णमाया गुरुङ्गले बताईन । उनले दाताहरुको सहयोग आई रहे पनि कोरोनाकै कारण दुरी अपनाउदा अहिले खाद्यन्न अभाव हुदै गएको दुखेसो गरिन । आश्रमको भैरहवा केन्द्रमा ११ जना र लुम्बिनीमा ८ जना गरि १९ जना बालबालिका रहेको गुरुङ्गले बताईन ।

कसौधन महिला समितिकी अध्यक्ष पूनम कसौधनको अध्यक्षता एवम उपाध्यक्ष प्रियंका कसौधनको सञ्चालनमा सम्पन्न भएको खाद्यन्न वितरण कार्यक्रममा कसौधा समाजका सदस्य सुर्य कसौधन, अजय कसौधन लगायतको सहभागीता रहेको थियो ।

बाल सुधार गृहमा एडभोकेसी र बालकल्याणको सहयोग

एडभोकेसी फोरम नेपाल प्रदेश ५ र नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगरले भैरहवामा रहेको बाल सुधार गृहलाई एक लाख रुपैयाँ बराराबरको आवश्यक सामाग्री सहयोग गरेका छन् ।

सोमबार राष्ट्रिय बाल दिवसको अवसर पारेर यी दुई संस्थाले सुधार गृहमा रहेका ७३ जना बालबालिकालाई तत्काल आवश्यक सामाग्री सहयोग गरेको दुवै संस्थाका अध्यक्ष समेत रहेका अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए । बालबालिकालाई यी दुई संस्थाले तातोचिसो खानेपानीका लागि दुईवटा कम्प्रेसर मेसिन, प्रत्येक बालबालिकालाई एकएक थान झोला, मास्क, सेनिटाइजर, सावुन, पानी पिउने बोत्तल, टबेल सहयोग गरेका हुन् ।

यस्तै, क्यारेम्बोड, लुडो, चेस लगायतका खेलकुद सामाग्री सुधार गृहकी प्रमुख बाल संरक्षण अधिकृत सुभद्रा गौतमलाई हस्तान्तरण गरिएको बाल कल्याण संस्थाका उपाध्यक्ष अधिवक्ता धर्मबहादुर खड्काले बताए । दिवसको अवसरमा सुधार गृहमा रहेका बालबालिकाबीच गरिएको बाल सुधार गृह र बालबालिका विषयक् कविता लेखन तथा चित्रकला प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय भएकालाई पुरस्कार समेत प्रदान गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बालबालिकालाई अत्यावश्यक सामाग्री सहयोग गरेर दुई संस्थाले सहारनीय काम गरेको जनाए । अधिकारीले सुधार गृहमा रहेका बालबालिकाले अत्यन्तै कष्टकर जीवनयापन गरिरहेको जनाउँदै निरन्तर सहयोग गरी उनीहरुको अधिकार संरक्षणमा लाग्नु पर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष गौडेलले मनोरंजनात्मक क्रियाकलापसमेत गर्न नपाउँदा बालबालिका विक्षिप्त भइरहेको जनाउँदै तत्काल आवश्यक सामाग्री हस्तान्तरण गरे पनि आउँदा दिनमा उनीहरुको आवश्यकताका आधारमा थप सहयोग गर्दै जाने जनाए । उपाध्यक्ष खड्काले सबैको सहयोग भएका सुधार गृहमा रहेका बालबालिकाको मनोविज्ञानमा राम्रो परिवर्तन आउन सक्ने बताउँदै सानो सहयोगले उनीहरुले झेल्दै आएको दुःख अन्त्य हुने बताए ।

रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता नरसिंह चौधरीले बालअधिकार संरक्षणका कुरा गरेर मात्र नहुने जनाउँदै उनीहरुको अधिकार सुनिश्चितताका लागि दैनिक आवश्यकता परिपूर्ति पनि जरुरी रहेको बताए । सुधार गृह प्रमुख गौतमले दैनिक प्रयोगमा आउने सामाग्रीको अभाव भइरहेका बेला एडभोकेसी र बाल कल्याणले गरेको सहयोगबाट बालबालिकालाई थप सहजता भएको जनाइन् । महासचिव अधिवक्ता दिलीपकुमार मल्लिकले सानो सहयोगले बालबालिकाको बृद्धि, विकासमा टेवा पुग्ने जनाउँदै आउँदा दिनमा सहकार्य गर्दै अघि बढ्ने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial