
धकधई २९ भदौ /रुपन्देहीको रोहिणी गाउँपालिका ३ लक्ष्मीपुर स्थित एक पसलमा आगाजनी भएको छ ।
चिया पकाउने क्रममा एलपिजी ग्यास बाट सल्केको आगोले जय प्रकाश घोबीको पसलमा आगाजनी भएको इलाका प्रहरी धकधईका प्रहरी नायब निरीक्षक भिम बहादुर सुनारले जानकारी दिए ।
उनका अनुसार आगानीका कारण पसलमा रहेको नगद ९५ हजार रुपैयाँ सहित अन्नपात, लत्ताकपडा, फर्निचर सामग्री लगायत पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगाजनी पश्चात सिद्धारर्थनगरपालिकाबाट गएको वरुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।