अबको बैकल्पिक शक्ति ज.स.पा-रोशन लिम्बू।

पार्टी एकता पछि

अबिन मेयाङ्बो,दमक/पुर्ब राजपा हाल जसपा युवा संगठनका प्रदेश अध्यक्ष मण्डलका युवा नेता राेसन लिम्बूले देशकै तेस्रो बैकल्पिक शक्तिकाे रूपमा दर्ता भएकाे एक मात्र पार्टि जनता समाजबादि पार्टी नेपाल(ज स पा )का नव अध्यक्ष ,नव समिति तथा सम्पुर्ण नेताहरू युवाहरू साथै सम्पुर्ण ज.स.पाका शुभचिन्तक तथा कार्यकर्ता हरूमा पार्टीको प्रगति र सफलतासगै बधाई तथा शुभकामना दिनुभएकाे छ।

जुन सुकै पार्टीले बैकल्पिक शक्ति आफू हो भनी दाबी गरे पनि अबको आधिकारिक बैकल्पिक शक्ति ज.स.पा।

जसपा जन्मेसगै देशका जनताहरूमा नया अाशा पलाएकाे र हिमाल,पहाड,तराई,मधेशका जनताले बिगतमा भाेगेका दुख कष्टहरू अबकाे बैकल्पिक पार्टी जसपाबाट पूरा हुने युवा नेता राेसन लिम्बूले बताए साथै अादिबासी जनजाति, थारू, मुस्लिम, मधेशी सबै जातिकाे समाबेशि,पहिचान सहितकाे राष्ट्र निर्माण गर्न अग्रसर रहने र बिगत देखि पार्टीले बाेकेका मुद्दाहरू समाबेशी गरि एक ढिक्का भई नया नेपालकाे निर्माण गर्न केन्द्रीय नेताहरूलाई पनि अाग्रह गरेका छन।पुर्ण संघीयता, समाबेशिता,पुर्ण समानुपातिक,बहुराष्ट्रिय लोकतान्त्रिक समाजवाद लगायातको मुद्दाले मात्र अब देशले निकासा पाउने भन्दै उनले केन्द्र नेताहरुलाइ यो मुद्दामा अडिक रही रहन साथै देश र देशबासीको हितको लागि सधै उभिरहन पनि अनुरोध गरेका छन।

“बाबुराम र राजेन्द्र महतोलाइ जिम्मेवार बिहिन राख्नु हुदैन।”

उनले थप्दै भने बाबुराम र राजेन्द्र महतो जस्तो बौद्धिक नेतालाइ जिम्मेवार बिहिन राखिनुहुदैन।बाबुराम र राजेन्द्र महतो भनेको देशलै चाहिने आजको आवश्यकता हुन।बाबुराम प्रधानमन्त्री हुदा खेरीको बिकासहरुलाइ हामी हेर्न सक्छौ उनी अर्थमन्त्री हुदा खेरिको देशले लिएको लाभहरुलाइ हेर्न सक्छौ।त्यस्तै राजेन्द्र महतोको योगदानहरु हेर्न सक्छौ।मधेश आन्दोलनमा कसरी उनी आफ्ना कार्यकर्ताहरुसंगै रात दिन नभनी लागेको थिए।जसपाले उहाहरुको यो योगदानको कदर गर्नै पर्छ।

पार्टी दर्ता भएकाेमा पार्टीका देशै भरिका प्रदेश,जिल्ला,नगर,गा. पाका नेता,युवा,बिद्यार्थी,पत्रकार बन्धुहरूमा बधाई तथा शुभकामना पनि दिनु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial