स्वास्थ्य कर्मचारी र नागरिक समाज बीचको विवाद सहमति ।

अबिन मेयाङ्बो,दमक/ झापाको कमल गाउँपालिका कार्यलयमा गाउँपालिकाको नेतिृत्वमा भएको छलफलले समुदाय र स्वास्थ्य कर्मचारी बिच उत्पन्न असमझदारी हटाउँदै अघि बढ्ने सहमति भएको हो ।

त्यसैपनि विश्वव्यापी कोरोनाले संत्रास बनीरहेको सन्दर्भमा सबैले लकडाउनलाई पालना गर्नु पर्ने समयमा शुक्रवार कमलगाउँपालिका वार्ड नं ३ केर्खा शाका स्वास्थ्य कर्मचारी र नगारिक समाजबिच कार्यलयमा केहि विवाद भएकोले आजबाट एक आपसमा भएका मनमुटाव हटाएर अघि बढ्ने सहमति भएको छ ।

शुक्रवार स्वास्थ्य कर्मचारी कार्यलयमा समय भन्दा ढिलो आएको हुनाले नागरिक समाजले गरेको प्रश्न बीच र कर्मचारी माथी अपशब्द प्रयोग गरीएको भन्दै स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ लगायतका स्वास्थ्य कर्मचारीले अति आवश्यक सेवा बाहेक सबै स्वास्थ्य सेवा ठप्प बनाएका थिए।साथै उनिहरुले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने अडान लिएपछि आज गाउँपालिका कार्यलयमा छलफलमा दुबै पक्षबाट भएका कमि कमजोरी स्विकार गर्दै आइन्दा कुनै पनि बैमनस्यता आउन नदिने सहमति भएको गाउँपालिकाले जनाएको छ ।

आगामी दिनमा नागरिक समाजले स्वास्थ्य कर्मचारीको संरक्षक भई अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यो सहमतीसँगै स्वास्थ्य कर्मचारी आजैको दिनबाट काममा खटिन तयार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial