
अबिन मेयाङ्बो,दमक। सत्तारुढ नेकपाकी सांसद गंगा चौधरी सतगौवाले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गरे लगत्तै सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै कारबाहीको माग गरेकी छन् । यि दुई माननीयको टिप्पणीले संसद भित्र ग्रमागर्मी चलेको छ । सो बिषयलाई लिएर सभामुख अग्निप्रसाद सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गर्दै नेकपा सांसद गंगा चौधरी सत्गौवाले प्रयोग गरेको ‘भारतीय चेली’ शब्दबारे छानबिन गर्ने बताएका छन् ।
सत्तारुढ नेकपाकी सांसद गंगा चौधरी सतगौवालाई जनता समाजबादीका नेता आङ्गकाजी शेर्पाले पिजँडाकाे सुगाले जस्तै सिकाएकाे कुरा बाेलेकाे “गाेपी कृष्ण काे हाे” माननीय गंगा थारू चाैधरी भनेर सामाजिक संजालमा लेखेकाछन । शेर्पाले संसद भवनमा आफ्नाे थारू मातृभाषामा नबाेल्ने । पहाडे बाहुनकाे मातृभाषा गाेरखा दरबारीय पर्वते भाषा बाेल्ने र खाेक्राे राष्ट्रवादी बन्न खाेज्ने माननीय गंगा थारू चाैधरी प्रति खेद व्यक्त पनि गरेका छन ।
त्यसै गरी सामाजवादी पार्टीकी सांसद सरिता गिरीलाई तत्कालिन पूर्व प्रधान मन्त्री हाल जनता समाजबादीका चौथो बरीयताका नेता बाबुराम भट्टराईले पुर्व श्रम मन्त्री गिरीलाई श्रम मन्त्रालयमा विवादास्पद म्यानपावर एजेन्सीको इसारामा काम गरेको भन्दै राजीनामा मागेका थिए । प्रधानमन्त्रीको निर्देशनलाई मन्त्री गिरीले नमानेपछि बाध्य भएर मन्त्रीपदबाट बर्खास्त गरेका थिए।
भटट्राईले मन्त्री गिरीलाई बर्खास्त गरेर राष्ट्रिय जनमुक्ति पार्टीका एम.एस. थापालाई नियुक्त गरेका थिए । हाल राष्ट्रिय जनमुक्ती पार्टी संसद छैन । पार्टी सदन नभएता पनि पार्टीले राष्ट्रिय स्वाधिनता र सार्बभौमिकता बिषयमा कथित ठुला दलहरु बिदेशिको अगाडि लम्पसारबादी भएको आरोप लगाउदै आएको छ ।
मानानीय सरिता गिरी र गंगा चौधरीलाई सो पार्टीका सचिब तथा प्रखर नेता बलदिप राइले ‘सरिता गिरी र गंगा चाैधरी दुवैले मालिककाे नुन खाएका छन् । फरक यति हाे: गिरीले विदेशी मालिककाे र चाैधरीले स्वदेशी मालिककाे ।’ राइले सामाजिक संजालमा कडा बौद्धिक कटाक्ष हानेका छन ।