जाती समस्या हैन, तर एक जातीय अंकार र हैकम जातिवादकोअन्त्य हुनु पर्दछ ।

लेखक:सुन्दर गुरुङ्ग । हाम्रो देश विविधता युक्त देश हो । जातीय, भौगोलीक, साँस्कृतीक, भाषिक,धार्मिक रुपमा विविधता युक्त देश हो । तर आज आएर जातीलाई नै समस्याको रुपमा चित्रण गर्दै आईरहेको छ । हालै मात्र भएको रुकुमको घटनालाई नै लिऊ, पुर्व प्रधानमन्त्री समेत रहेको बाबुराम भट्टराईले त संसद भवनमै आफु कामी भएको र सबैले जाती परिर्वतन गर्नु पर्ने भने । यसैको सेरोफेरोमा अमेरिकामा भएको घटनालाई पनी जोडौ । एक जना अस्वयेत प्रहरीको हातबाट स्वयत युवाको मृत्यु भए पछी उक्त प्रहरलिाई कारवाही गरियो । तर पनी अमेरीकामा जातीय विभेद विरुद्द ठुलो आन्दोलन चल्यो जसले गर्दा ठुलो जनधनको क्षती समेत भयो । जातीलाई समस्या देख्नेहरुलाई मेरो प्रश्न के भने के देश धनी र विकसित हुँदैमा जातीको समस्या समधान हुने रहेछ त? त्यसो भए आज अमेरीकामा जातिय हिंसा विरुद्धको आन्दोलन हुने थिएन । तर आज नेपालमा घटना घटाउने अपराधीहरुलाई सजाय दिनु पर्छ भनेर आन्दोलन गर्नु पर्ने स्थिती छ । अमेरिकामा एक जनाको मृत्यु हुँदा जातिय हिंसा विरुद्धको आन्दोलन चर्काे रुपमा उठ्छ तर नेपालमा जातीय कारणले नै ६ जनाको नरसंहार हुँदा समेत न्यायको लागी आन्दोलित हुनु पर्ने अवश्था छ ।
त्यसैले आज म यस लेखमा जाती के हो ? जातित्व के हो? र जातीवाद के हो? भन्ने विषयमा संक्षिप्त रुपमा कलम चलाउन गई रहेको छु । धेरै विद्धवानहरुले संसारमा जाती २ वटा मात्र छ एक पुरुष, एक महिलाको रुपमा व्याख्या गरेका छन् । कतिपय विद्धवानहरुले रेसको आधारमा ककसियन, मगोल, द्रविड, निग्रोको रुपमा पनी व्याख्या गरेका छन् । भौगोलिक र हावापानी हिसाबले मानव समुदायको विकास हुँदै जाँदा उनीहरुको शारिरिक रुपमा भएको परिर्वतनलाई आधार बनाएर जातीको विकास भएको बुझाईछ । कतिपयहरु मानिस जब विविध युग हुँदै विविध मानव सभ्यताहरुको विकास गर्दै गयो उक्त आधारमा पनी जातीको विकास भएको बताउँछन् । मानव जातीको विकास संग संगै एकको प्रभुत्व अर्को जाती समुदाय वा कविलाहरु माथी आक्रमण गर्ने र आफ्नो प्रभुत्व कायम गर्ने प्रकृया पनी संसार भर चलेका नै थिए । यसै संर्दभमा हाम्रो देश नेपाल पनी विविध साना गणराज्यहरु हुने बेलामा विविध उद्देश्य र स्वार्थका कारण गणराज्यहरुलाई एक गराउने काम तत्कालीन पृथ्वीनारायण शाह देखीका शासकहरुले गरे । सोही क्रममा आफ्नो प्रभुत्व कायम गर्नका लागी वि.स १९१० साल देखी मुलुकी ऐन बनाएर राज्यले मनुस्मृतीका आधारमा मानिसलाई चार भागमा विभाजन गरी राज्य संचालन गरेको लिखित र दरिलो दस्ताबेज हामी विचमा रहेको छ । त्यसैले गणराज्यमा शासन गर्ने समुदायलाई ३६ बर्ण र मनु स्मिृतीको आधारमा ४ जात, ब्रामण, क्षेत्री, बैश्य र शुद्रमा विभाजन गरी राज्यले शासन व्यवश्था लागु गर्ने निती जुन लियो त्यो नै जातीय समस्याको विउँ हो । जसका कारण आज प्रेम जस्तो पवित्र भावनालाई पनी जातीय समस्याले थिचेको छ मिचेको छ । जाती भनेको पहिचान हो, मानव समुदायको पहिचान हो । जातित्व भनेको उक्त जातीको गर्विलो इतिहास हो, जातिय भनेका्े जातीको संस्कार अनुसार गर्ने आचारण हो, भने जातीवाद भनेको एउटै जातीको प्रभुत्व जमाउनको लागी बनाईएका कुसंस्काुर हुन जुन हाम्रो देश समाजको लागी अभिषाप हो ।

तर म यो लेखमा हिन्दु वर्णश्राम भित्र विभाजित जातीय विभाजनको विषयमा चर्चा गर्नु उपर्युक्त ठान्दिन किन कि एउटै रेस भित्रका मानव समुदाय भित्र पनी चरम विभेद पाइन्छ । म यहाँ के मात्र प्रस्ट्याउन चाहान्छु भने जाती समस्या हैन, तर एक जातीय अंकार र हैकम जुन सांस्कृतीक रुपमा जातिवादको रुपमा हाम्रो समाजमा छ उक्त समस्या हाम्रो देशको समस्या हो जुन अन्त्य हुनु पर्दछ ।

त्यसैले आज जसरी हामी गितमा भन्ने गर्दछौ सयौ थुङगा फुलका हामी एउटै माला नेपाली, एउटै हुनको लागी नेपालमा भएका सबै जाती समुदायको सांकृतीक, सामाजिक हैसित सर्व स्विकार्य हुन आवाश्यक छ । जुन हरेक जुनसुकै जाती समुदायका बौद्धिक समुदायले यस बारे चिरफार गर्नै पर्दछ । दलित कुनै जातीका कारण हुँदैन दलित, दलित सोचका कारणले हुन्छ भन्ने भावको विकास हुन आवाश्यकछ । हामी धेरै जसो विषय व्यक्तिगत क्षमताकोृ आधारमा निर्धारण गर्ने गर्दछौ भने सामाजिक, आर्थीक, साँस्कृतीक, राजनैतिक विषयहरु पनी व्यक्तिगत आधारमा नै निर्धारण हुनु पर्दछ नकी जातीय आधारमा ।

धेरैले यही जातीय समस्याका कारणले आफ्नो जाती नै परिर्वत गर्ने गरेका पनी छन् जुन उनीहरुको पहिचान हो । जुन मानिस वा व्यक्तिले आफ्नो पहिचान छोड्छ वा विर्सन्छ उक्त मानव समुदाय लोप भएको अवश्था छ । त्यसै गरी राज्यले नै संवैधानीक र काुननी रुपमा नै जाती परिर्वतन गर्न प्रवाधान पनी लिएको छ । निश्चित शुल्क तिरेर नागरिताको जाती परिर्वतन गर्ने गरेको छ ।यसले जातीय समस्यालाई राज्यले नै निश्चित ्रकम लिएर जाती परिर्वतन गर्न लगाउनु भनेको राज्यले जातीय समस्यालाई व्यापार गरेको छ । यसले के जातीय समस्या समधान हुन्छ त ? दलित समुदायको समस्या गहिरो छ, उनीहरुलाई संबैधानीक रुपमा नै जनावर रुपी व्यवहार राज्य तह देखी नै हुँदा उनीहरुको सामाजिक आर्थीक, मनौबैज्ञानीक विकासमा परेको असरको भरपाई राज्यले गर्नु पर्ने हुन्छ । त्यसैले दलित जातीहरुको समस्या भनेको मात्र समाजिक हैन राजनैतिक पनी हो । समाजिक रुपमा मन्दिर भित्र छिर्दैमा जातीय समस्या समधान हुन सक्दैन । र यो सामाजिक हैसियतको लडाइले दलितहरुको जातीय मुक्ति पनी हुँदैन । त्यसैले समग्रमा दलितहरुको जातीय समस्याको समधानको लागी राजनैतिक रुपमा प्रतिनिधित्वको आन्दोलन तर्फ दलित आन्दोलन अग्रसर हुन पर्दछ ।अमेरिकामा स्वयत राष्ट्रपती भएको देशमा त अझ काला र गोरा जातीको जातिय विभेदको अन्त्य भएको छैन भने यहाँ मन्दिर भित्र छिर्न र खाना पकाएर खुलाउने आन्दोलनले दलितको मुक्ति सम्भव नै छैन । समस्या जातीय हो भने समधान पनी जातीय आधारमा नै खोजिनु पर्दछ । समस्या जातीय हुने अनी समधान समाजिक र आर्थिक रुपमा खाजियो भने उक्त रोगको दिर्घकालिन समधान हुन सक्दैन झन बढ्दछ । त्यसैले हिजाृे राज्यले नै संबैधानीक रुपमा निश्चित जाती लाई दलित शुद्र बनाएको हो भने उक्त जाती समुदायलाई भरपाई सहित जातीय रुपमा राजनैतिक अधिकारको व्यवश्था गर्नु पर्दछ । समाजमा भएका सबै जाती समुदायको विकास भएमा मात्र समग्र देशको विकास हुने हो भन्ने विषयलाई मध्यनजर राख्दै राज्यले, बौद्धिक जगतले शिक्षित समुदाय र युवाहरुले यस विषयमा सोच्नु पर्ने नै हुन्छ । नत्र नवराज वि.क जस्ता लाखौ युवाहरुले यो प्रथाको आडमा कतीले ज्यान घुमाउनु पर्ने हुन्छ । हाम्रो राष्ट्रिय गानमा जसरी नेपालका सबै समुदाय र जातीलाई गहनाको रुपमा चित्रण गरेको छ त्यसै गरी व्यवहारमा चित्रण गर्दै सुखी नेपाली र समृद्ध नेपालको यात्रामा लम्किनु पर्ने आजको आवश्यकता हो ।

लेखक राष्ट्रिय जनमुक्ति पार्टी आबद्ध जनमुक्ति युवा महासंघका बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial