जसपा दल दर्ता प्रक्रिया अघि बढ्यो।

अबिन मेयाङबो,दमक,झापा/ जनता समाजवादी पार्टी (जसपा)को दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । 

दल दर्ताको प्रक्रियाका लागि निर्वाचन आयोग पुगेका पार्टी पदाधिकारीले दिएको निवेदन दर्ता भएको हो । 

निवेदन दिएको ४५ दिनभित्र दल दर्ताका लागि आवश्यक कागजात पुग्यो-पुगेन भन्‍ने हेरेर दर्ता प्रक्रियालाई अघि बढाउने हुने प्रावधान छ । 

दल दर्ताका लागि दिएको निवेदनमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टी अध्यक्ष र अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् । 

यसअघि आइतबार नै जसपाले अध्यक्षमण्डलको टुंगो लागेको छ । 

पदाधिकारी टुंगो लागेपछि जसपाका नेताहरू अहिले ४ बजे दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial