दलित आन्दोलनलाई अलिकति पनि संबोधन गरेको देखिएन:राष्ट्रिय जनमुक्ति पार्टी महासचिव केशब सुर्यबंशी

अबिन मेयाङ्बो,दमक/ २०६३ साल जेठ २१ गतेलाई सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत

उन्मूलन दिवसका रुपमा मनाउदै आएको छ। तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जेष्ठ २१ लाई सम्झदै राष्ट्रिय जनमुक्ती पार्टीका महासचिब केशब सुर्यवंशीले जनता फेरी एक पटक जुर्मुराउने बेला आएको बताएका छन । नेपालमा प्रधानमंत्री केपी शर्मा ओलीले ‘छुवाछूत(अर्थात जातीय बिभेद) विरुद्धको राष्ट्रिय दिवस (ज़ेठ २१)’ मा शुभकामनाको नाममा देशबासीलाई सन्देश जारी गरेको अवस्थामा पनि, जातीय बिभेदकै मानसिकताबाट जन्मेको चौरज़हारी हत्याकाण्डको राप अनि तापले देशमा चुलिएको असंतुष्टि र आन्दोलनलाई अलिकति पनि मत्थर पारेको देखिएन।

यहीबेला, अमेरिकामा एक ‘गोरा’ पुलिसकर्मीले आरोपित ज़र्ज फलोईड नामका ‘काला’ अमेरिकी नागरिक उपर (२० डलरको नक्कली नोट प्रयोग गरेको आरोपमा) नियंत्रणमा लिने क्रममा गरेको एकदमै पूर्वाग्रही अनि अमानवीय कार्यबाट निजको मृत्यु (अर्थात हत्या) भएपछि, त्यहाँ काला अमेरिकी नागरिकहरूको ‘मानव अधिकार’ को मुद्दा यसरी उठेको छ कि, त्यसले अमेरिकामा गृहयुद्धको ज़स्तो अवस्था आएको छ र स्थिति नियन्त्रणमा लिन सेना परिचालन गर्ने सम्मको क़ूरा उठेको छ।

आफुभन्दा भिन्न रूप-रंग वा राष्ट्रियताका मानिसहरू प्रति, तिनको पहिचान र अस्तित्वप्रति, जब सत्ताधारीहरू अनुदार हूने गर्छन, असहिष्णु हुने गर्छन र पूर्वाग्रही हुने गर्छन, तब क्रमशः यस्तो बिस्फोटक परिस्थिति निर्माण हुने गर्दछ। यस्को मूल उपचार भनेको अन्तत:देशभित्र भएका सबै जाति/समुदाय वा राष्ट्रीयताका प्रतिनिधिहरूलाई, समानुपातिक रुपमा राज्यव्यवस्थामा भागेदारी ग़राउने राजनीतिक विधि लागू गर्नु नै हो। त्यों परिस्थिति नहूदा सम्म,’ सत्ताविहीन’ जाति/समुदाय वा राष्ट्रियताका नागरिकहरूलाई ‘सत्तासीन’ हरूले सत्तासंचालनको व्यवहार बाट आश्वस्त पार्न सक्नु पर्छ।

यो यथार्थ, ‘सफल व्यापारी’ बाट राजनीतिमा आएका, अमेरिकाका कार्यकारी (डोनाल्ड ट्रम्प) लाई बोध होस वा नहोस् तर कम्तिमा पनि नेपालमा, संघीय संसदमा पूर्ण बहुमत प्राप्त ‘कम्युनिस्ट प्रधानमन्त्री’ लाई, गृहमंत्रीलाई वा पूर्व ‘कम्युनिस्ट प्रधानमन्त्री’ (श्री बाबूराम जी) लाई चाहि पक्कै ‘बोध’ हुनैपर्ने हो।

तर, जातीय बिभेद विरुद्धको राष्ट्रिय दिवसमा ‘कर्मकाण्डीय शुभकामना’ दिनेप्रधानमंत्री,’ जातीय बिभेद त अमेरिकामा पनि छ’ भनेर जातीय हिंसाबारे उदासीनता देखाउने गृहमंत्री अनि ‘सबैले दलितको थर लेखौ’ भनि संसदमा दलितसमस्याको हाँस्यास्पद समाधान बताउने पूर्वप्रधानमंत्री ( शायद भविष्यका लागि पनि आशाबादीं!) को सोंच, बोली-बचन र व्यवहार हेर्दा चाहि, आशावादी हुने ठाऊ देखिएन। अर्थात, जनता जुर्मुराउने बेला आएको छ!

One thought on “दलित आन्दोलनलाई अलिकति पनि संबोधन गरेको देखिएन:राष्ट्रिय जनमुक्ति पार्टी महासचिव केशब सुर्यबंशी

  1. शक्ति नभएकाले जति सहि कुरा गरे पनि केही नहुदो रहेछ। जनमुक्ति पार्टी टुहुरे अरिङ्गाल जस्तो 2047 सालमा जत्रो थियौ त्यत्रै छौ। बरु जसपा सग एकता भए बरु केही हुन्थ्यो कि? बरु चौथो अध्यक्ष हासिल गरे पनि फरक पर्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial