जातिय हत्या हिंसा र बिभेद बिरुद्ध जनमुक्ती सम्बद्ध भातृ संगठनहरुको बिरोध।

अबिन मेयाङ्बो,दमक/ जातिय हत्या हिंसा र बिभेद बिरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीका भातृ तथा जनवर्गीय संगठनहरूले आज बुटवलमा प्रदर्शन गर्नुका साथै खबरदारी सभा गरेका छन् ।राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ, राष्ट्रिय दलित मोर्चा, राष्ट्रिय महिला मोर्चा र राष्ट्रिय पुर्व सैनिक संगठनको सयुक्त आयोजनामा जातिय हत्या, हिंसा र बिभेद बिरुद्ध बिराेध प्रदर्शन गर्नुुुुका साथै खबरदारी कार्यक्रम सम्पन्न गरेका हुन्।

कार्यक्रममा जनमुक्ति युवा महासंघ प्रदेश नम्बर ५ (लुथम) का युवा नेता डिबी थापा, महिला नेत्री मधु राना, राष्ट्रिय दलित मोर्चाका केन्द्रिय सहसयोजक हरी ओम बिश्वकर्मा र राष्ट्रिय जनमुक्ति पार्टीका जातिय बिभाग प्रमुख दल बहादुर बिरकट्टा मगरले संबाेधन गरेका थिए।

उक्त घटनाको घोर भ्रत्सना गर्नुका साथै घटनाको निस्पक्ष छानबिन र दोसीलाई कडा भन्दा कडा सजाय गर्न सरकारसँग माग गरे ।रुकुम पश्चिम चौरजहारीमा भएको निर्मम हत्याकाण्ड र रुपन्देहीकाे देबदहमा भएका पासबिक हत्या बिरुद्ध राष्ट्रिय जनमुक्ति पार्टी आबद्ध भातृ संगठनहरूद्वारा सयुक्तरुपमा आयाेजित बिराेध प्रदर्शन बुटवलको पुष्पलाल पार्क देखी शुरु भएर ट्राफिक चोकमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।

जनमुक्ति युवा महासंघ रुपन्देही का जिल्ला सचिब पहल रानाले संचालन गरेको कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तक हरुको बाक्लो सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial