देबदह घटनाको दोषी उपर कडा भन्दा कडा कारबाही गर्न महिला मोर्चाको माग।

अबिन मेयाङबो,दमक/ राष्ट्रिय महिला माेर्चा रूपन्देहीले जिल्लाको देवदह नगरपालिका वडा नं. ११ निवासी १३ वर्षिया किशोरी अङ्गिरा पासीकाे बालबिवाह पछि भएको रहस्यमय मृत्यु घटनाको निस्पक्ष छानबिन गरि दाेषि उपर कानुनी कारबाही गर्न र पिडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

माेर्चाकि जिल्ला अध्यक्ष बिमला गुरूङले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरि बालिका बलात्कारको आरोप लागेका स्थानीय २५ वर्षीय विरेन्द्र भरसँग सोही वडाका अध्यक्ष अमर बहादुर चौधरी सहित स्थानीयवासीहरुको रोहवरमा गैरकानूनी विवाह गराई पठाएको र पछि पासि घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेको भन्दै घटनाको निस्पक्ष छानबिन गरि दाेषि उपर कानुनी कारबाही गर्न र पिडित परिवारलाई उपलब्ध गराउन माग गरेको हो ।

२१औं शताब्दीको वर्तमान अवस्थामा पनि बालिका बलात्कारकाे आराेप लागेको ब्यक्तिलाई कानुनी कारबाही गर्नुको सट्टा जनप्रतिनिधि र स्थानीय समाजसेवीहरूले नै १३ बर्षिय बालिकाको बलात्कार आराेपिसँगै बिवाह गराइदिनु दणडनिय कार्य भएको भन्दै विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरि दाेषिलाई कारबाही गर्न र पिडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

स्थानीय बिरेन्द्र भरले मृतक बालिकालाई जबर्जस्ती करणी गरेको आराेप लागेपछि स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूले बिवाहकाे नाउँमा १३ बर्षिय बालिकालाई आराेपित भरकाे जिम्मा लगाएर पठाएको तर भरकि आमाले कथित तल्लो जातको भनी घर भित्र्याउन नमानेपछि बालिका केही समयपछि घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकि थिइन् ।

स्थानीय जनप्रतिनिधि तथा समाजका व्यक्तिहरूले बालिकालाई जबर्जस्ती करणीको आराेप लागेका भरसँगै बिवाह गराएर उसैको घर पठाइदिए पनि भरकि आमाले कथित दलित समुदाय बालिका भन्दै अस्वीकार गर्नुका साथै कुटपिट समेत गरेपछि बालिकाले बाध्य भएर आत्महत्या गरेको या हत्या गरेर झुण्ड्याएकाे हुनसक्ने पिडित पक्षको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial