
अबिन मेयाङ्बो,दमक/ कमल गाउँपालिका वार्ड नं ४ का हनेरी कप्तान याम प्रसाद लावती चार पाँच महीना देखि अस्वास्थ्यअवस्थामा थिए। उनको सोमवार आफ्नै निवासमा निधन भएको थियो।उहाँ सामाजिक कार्य सेवामा निकै योगदान पूराएको र निस्वार्थ भावनाले काम गर्ने गरेको स्थानीय बासीहरुले बताएका छन्।

त्यस अलवा स्थानीय ठाऊँ राजनीतिक क्षेत्रमा हेर्ने हो भने संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च , संघीय लिम्बुवान मञ्च ,नेपाल को सावित तोपगाछी हाल कमल गाउँपालिकामा स्थापनकाल देखि ४ कार्यकाल सम्म अध्यक्ष रहेका भू पु हनेरी कप्तान याम प्रसाद लावती उनले ७५, ७६ वर्षमा शारीरिक असक्त हुदै गरे पछि उनले आफै पनि स्वयम राजीनामा दिएका थिए। उहाँको परिवार श्रीमती , छोरा बुहारी , छोरी ज्वाइ, नाती नातीनी बुहारी गरी १२ परिवार छन् ।
जति खेर नेपालको सुदूर पूर्वमा पहिचान, सम्मानता हक अधिकारको लागि जोड़दार आन्दोलनमा उठेका छन् । त्यो समयमा ( तोपगाछी ) कमल गाउँपालिकाको तर्फबाट लिम्बुवान कमाण्डरहरुसंग एक ढिक्का भई केर्खा , दमक , दुधे जस्तो विभिन्न ठाऊँहरुमा शसक्त आन्दोलन छेडेका थिए ।
उन कै कार्यकालमा लिम्बुवान आन्दोलनमा शहीद माङतोक राज कुमार आङदेम्बे प्रथम शहीद भएका थियो । अहिले नेपालमा कोरोना कहरको संक्रमित आतंकले मरिमरौमा खासै ठुलो भेला नभएको बेला उनको आज पाड़ाजुगी अन्तेष्टीमा चर्को गर्मीलाई व्यवस्था गर्दै सामाजिक र राजनीतिक योगदान प्रति ख्याल गर्दै उनी प्रतिको सदभाव र सम्मानको लागि ६०० भन्दा बढ़ीको मलामीहरुको सहभागिता रहेको थियो ।

जसमा पार्थिक शरीरलाई दफन गर्नु अगाडि समवेदना प्रकट गर्न संघीय लिम्बुवान मञ्चका कमलगाउँपालिका एकाई कमिटी देखि केन्द्रीय नेताहरुको उपस्थिति थियो भने केन्द्रीय नेता सूर्य प्रसाद याक्पादेनबाट सहजिकरण गर्दै पार्टीको झण्डा केन्द्रिय सल्लाहकार अम्बर बहादुर राई , केन्द्रीय उपाध्यक्ष ज्ञानु ईम्बुङले लिम्बुवान पार्टीको झण्डा मृतक शरीरलाई ओढ़ाई सम्मान साथै मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको थिए ।
उक्त कार्यक्रम संचालन पार्टीका केंद्रीय सचिव विष्णु भट्टराईले सालिन भावमा संचालन गरेका थिइन । त्यस्तै गरी उहाँको अन्तिम काज क्रिया २०७७ जेष्ठ ३० सामेल हुने मृतकका परिवारले बताएका छन् ।