शसस्त्र प्रहरीको नयाँ भवन झापा गाउपलिकामा।

अबिन मेयाङ्बो,दमक/ आज शसस्त्र प्रहरी बल बाेडर अाउट पोस्ट टाघनडुब्बा झापा गाउँपालिका वडा नं १ सितुमारीमा रहेको शसस्त्र प्रहरीको नयाँ भवनको समुदाघटन सम्पन्न भएको छ।

समारोहको अध्यक्षता बाहिनी पति नगेन्द्र बहादुर थापाले गरेका थिए भने कार्यक्रमको प्रमुख अथिती मानिनिय प्रदेश मुख्य मन्त्री शेर धन राई,विशिष्ट अतिथि माननिय कानुन मन्त्री हिकमत कार्की ,विशिष्ट अथिती प्रदेश सासंद हिरा थापा,अथिती झापा गाउँ पालिका अध्यक्ष जय नारायण शाह,उपाध्यक्ष कुन्ती बुढाथोकी,वडा अध्यक्ष राज कुमार यादव ,राजु भारती रहेका थिए।

कार्यक्रमका प्रमुख अथितीले दीप प्रज्जवलन गरि कार्यक्रमको उठघाटन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य स.प्र.ब जिल्ला प्रमुख रेस कुमार थक्सुले राखेका थिए।

प्रमुख अथिती बाट जग्गा दाता श्यामसुन्दर अग्रवाललाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो। दाताले विअोपी पोष्ट बनाउनको लागि दश कठ्ठा जग्गा दान गरेका थिए ।

झापा जिल्ला प्रमुखलाई अार डि.टि टेस्ट किट १०००/थान प्रदेश सरकारबाट प्रदान भएको मुख्यमन्त्री राइले बताएका छन ।

कार्यक्रममा प्रमुख अथिती,विशिष्ट , अथितीहरुले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial