नेका र बिर्ताज्योती आइ केयर बिच सम्झौता।

अबिन मेयाङ्बो,दमक/ आज झापा जिल्लाको दमक स्थित वडा न.०५मा रहेको बिर्ता ज्योति आइ केयर प्रा.लि र नेपाली काङ्ग्रेस वडा न.०७ कार्य समिती बिच लिखितम १ बर्षे सम्झौता भएको कार्यबाहक सभापति मनि कुमार लिम्बुले बताउनु भयो।

वार्ड बासिलाई उपचारमा केही राहतहोस भन्ने हिसाबले यो कार्यलाई वार्ड समितिले अघि बढाएको हो। आगामी दिनहरुमा यस्तै आमजनतालाई राहात मिल्ने कार्यक्रम हरू ल्याऊने वडा सचिब साथै नेबिसंघ दमक बहुमुखी क्याम्पस इकाइ समिती कार्यबाहक अध्यक्ष अतीत बानतावा राइले बताउनुभयो।

आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत जनतालाइ आँखा जाँच गर्न सहज होस भनि सम्झौता गरेको कार्यक्रम संयोजक मोतिलाल बरालले बताउनु भयो।

त्यस सम्झौता पत्रमा बिर्ताज्योती आइ केयरको तर्फबाट प्रतिनिधित्व गर्दै मोतिलाल बरालले र नेका वडान.०७बाट मनि कुमार लिम्बुले हस्ताक्षर गरेका छन। सम्झौता भएको पत्र जस्ताका त्यस्तै:-

लिखितम जिल्ला झापा दमक न.पा५ बेलडागी रोडमा आवस्थीत बिर्ताज्योती आइ केयर प्रा.लि र जिल्ला झापा दमक न.पा वडा-७ नेपाली काङ्ग्रेस वडा समिती बिच आपसी हित हुने र समुदायमा प्रत्यक्ष रुपमा स्वास्थय सेवा पुग्ने उद्देश्य अनुरुप आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत आँखा जाँच सहज रूपमा होस भन्ने उद्देश्यले बिर्ताज्योती आइ केयर प्रा.लिले सहुलियत कार्ड बितरण गर्ने र्सो कार्ड मार्फत आएको बिरामीहरुलाइ निम्न अनुसार सहुलियत दरमा प्रदान गर्ने गरि निम्न अनुसार सम्झौता गरियो।

१.सहुलियत कार्ड बिर्ताज्योती आइ केयर प्रा.लिले उपलब्ध गराउने छ।
२.सहुलियत कार्डमा नेपाली काङ्ग्रेस वडा समितिको छाप लगाएको हुनुपर्ने छ।
३.कार्ड लिएर अस्पताल आउने बिरामीले ओपिडी:५०%,अप्रेसन:१५%,ल्याब:२०%,अप्टिकल:२०% र अन्य सेवाहरुमा २०% छुट हुनेछ।औषधिहरुमा कुनै प्रकारको छुट हुने छैन।
४.सहुलियत कार्ड वडा बासिन्दालाई मात्र बितरण गर्नु पर्ने छ।एक परिवारलाई एउटा मात्र कार्ड बितरण गर्नु पर्ने छ।
५.यो सम्झौता आज मिति२०७७/०२/१८ गते देखि एक बर्षको लागि मात्र मान्य हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial