दमक नगर बाल संजालको बाल मैत्री समाज निर्माण गर्न थप नया रणनीति।

अबिन मेयाङ्बो,दमक/ नयाँ आ.व.को बालबालिका सम्बन्धि योजना निर्माणका निमित्त नगर बाल सञ्जाल, दमकको आयोजना र दमक नगरपालिकाको समन्वयमा बाल भेला अनलाईन मार्फत आगामी वर्षको योजना सम्बन्धि छलफल सम्पन्न भएको छ ।

३ दिनसम्म प्रविधिको उच्चतम प्रयोग गर्दै ईच्छुक बालबालिकाबाट फारम संकलन गरि सामाजिक सञ्जालको प्रयोगबाट प्रश्न, उत्तर, जिज्ञाशाका माध्यमबाट बालबालिकाको आवश्यकता र उनिहरुको भावनाका बारेमा जानकारी लिईएकोमा शनिबार भिडियो कन्फ्रेन्स मार्फत उक्त विषयमा विशेष छलफल गरिएको नगर बाल सञ्जालका सचिव राम खतिवडाले जानकारी दिए ।

कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले दमक नगरपालिकाले बालबालिकाको सर्बोत्तम हितलाई सधैं प्राथमिकता दिईरहने बताउनुभयो । उहाँले अहिलेको समयमा बालबालिकामा परेको प्रभाव सामाधान गर्न पनि तयार रहेको बताउनुभयो साथै दमकका बालमैत्री सल्लाहकार सुमन अधिकारीले दमक नगरपालिकाले बनाएको बालमैत्री रणनीति योजना र कार्यनीति बमोजिम अगाडि बढ्नुपर्ने र आगामी योजनामा तिनै कुरालाई जोड्नु पर्नेमा जोड दिनुभएको थियो ।

शनिबार भएको भिडियो कन्फ्रेन्स उपप्रमुख अधिकारी, महिला तथा बालबालिका शाखा अधिकृत, आईटि अफिसर, यु.एन.एच.सि.आर, एल.डब्लु.एफ.का प्रतिनिधि, दमकका बालमैत्री सल्लाहकार सुमन अधिकारी सहित करिब ४० जनाको उपस्थिति रहेको थियो ।

नगर बाल सञ्जालले बालबालिकाको योजना निर्माणका निम्ति हरेक वर्ष बाल भेला गर्दै जसको सवाल उसकै सहभागिता भन्ने वाक्यांशलाई सार्थक बनाउँदै आईरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial