बिद्यार्थीहरुको बौद्धिक बिकासको लागि विभिन्न कार्यक्रमहरु।

अबिन मेयाङ्बो,दमक/विश्व कोरोना अर्थात कोभिड-१९ महामारीको कारण त्रसित छ।बिश्वको प्राय सबै मुलुकहरु यति खेर बन्दाबन्दी अवस्थामा छ र त्यही क्रम नेपालमा पनि चलिरहेको छ।आज नेपाल लकडाउन भएको ६५/६६ औ दिनमा छ।यो समय भने शैक्षिक संस्थाहरू पनि बन्द छन। यहि अवसरमा दमक-८ स्थित पाइथागोरस मल्टी-डाइमेसनल सेन्टरले बिद्यार्थीहरुको लागि भनी नौलो अभियान संचालनमा ल्याएको संस्थाका संस्थापक बिश्व प्रकाश तिम्सिनाले बताए।

यो लकडाउनको समयलाई सदुपयोग गर्दै र विद्यार्थीहरुलाई केही सिर्जनात्मक,रचनात्मक,बौद्धक,व्यावहारिक बनाउ भन्ने सोचले विद्यार्थी बोधक दैनिक कार्यक्रमहरु यश संस्थाले आयोजना गर्दै आइएको छ साथै आज सम्म आयोजना गरिएको विभिन्न कार्यक्रमहरुमा विभिन्न सामाजिक ब्याक्तित्व र संस्थाहरु पि.एल.ट्रेड एण्ड सप्लायर्स र आमा डेन्टल केयर किलनिक प्रा.लिले निरन्तर सहयोग गर्दै आउँनुभएको तिम्सिना बताउछन।

हामीसँग यस कार्यक्रममा अनलाइनबाट नै सहभागी हुनुपर्ने र सहभगी हुनको लागि संस्थाको फेस्बुक आइडि Pythagoras Muti-dimension Center गएर सोधिएको प्रश्नको सहि उत्तर १२ घन्टा भित्र दिनुपर्ने छ।कक्षा- नर्सरी देखि ५सम्मका बिद्यार्थीहरुलाई एक प्रश्न अनि त्यहाँबाट पनि उत्कृष्ट २ को छनौट र कक्षा- ६ देखि ८ बिद्यार्थीहरुलाई एक प्रश्न अनि त्यहाँबाट पनि उत्कृष्ट २ को छनौट गरि पुरस्कृत गरिने साथै सान-साना बिद्यार्थीहरुलाइ हौसला प्रदान होस भन्ने सोचले उनीहरुलाइ पनि पुरस्कार दिने र निर्णय पनि सोहि दिन नै सुनाइने अनि पुरस्कार पनि उक्त दिन नै उपलब्ध गराइने कुरा तिम्सिनाले बताउनुभयो।

बिगत १ बर्ष देखि बालबालिका र बिद्यार्थीहरुलाइ सीप मुलक र क्षमता,बौद्धिक बिकासको तालिम दिन यश संस्था अग्रसर रहेको संस्थाका संस्थापक बिश्व प्रकाश तिम्सिना बताउछन।

आउनुहोस तपाईं हामी मिलेर लकडाउनको समयमा केही फरक कुराको सृजना गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial