रुकुम हत्या प्रकरण : नवराज विकसहित रुपन्देहीका अंगिरा पासीको हत्या बिरुद्ध बिरोध प्रदर्शन।

अबिन मेयाङ्बो,दमक/रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा भएको जघन्य सामूहिक हत्या प्रकरण र रुपन्देही देबदहका अंगिरा पासीको हत्या प्रकारणको घोर भ्रत्सना गर्दै सयुक्त दलित संघर्स समिती रुपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिका, मणिग्राम चोकमा बिरोध प्रदर्शन गरेका छन । उक्त बिरोध सभा कार्यक्रम तथा आन्दोलनलाई नेपाल मगर युवा संघ, प्रदेश नम्बर ५ र आदिबासी जनजाती महासंघ, रुपन्देहीले एक्यबद्धता जनाएको छ। नवराज विक सहितको घट्नाको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहित दलित समुदाय र आदिबासी जनजाती समुदाय विरोध प्रदर्शन उत्रेका थिए। यि दुबइ हत्या काण्डमा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? रुकुम घटना पिडितलाई न्याय दे,कानुनी सर्वोच्चता कायम गर ,छुवाछुत अन्त्य गरौ,दोषी पत्ता लगाइ कारवाही गर जस्ता प्लेकार्ड सहित अधिकारकर्मी, आम नागरिकहरु प्रदर्शनमा उत्रेका थिए ।

उक्त बिरोध सभालाई संबोधन गर्दै दलित अधिकार कर्मी तथा सामाजिक अभीयन्ता जोगलाल विश्वकर्माले जातीयताकै कारण हत्या भएका धेरै घटनाहरु लाई सरकारले बेवास्ता गर्नु र घटनालाई गम्भिर ढंगले छानबिन नगरनु दलित समुदाय माथि भएको चरम बिभेद हो । न्यायको लागि दलित समुदाय सरकारको खोजी गर्दै बत्ति बाल्दै हिड्नपर्ने अवस्था आउनु दु:खद कुरा रहेको बताए ।

त्यसै गरी नेपाल मगर युवा संघ, रुपन्देहीको तर्फ देखी डिबी थापा मगरले बिरोध सभालाई संबोधन गरेका थिए । थापाले एक्काईसौ शताब्दी अनि संघीय लोकतांत्रिक गणतंत्रात्मक युगमा अघि बढीरहेको नेपाल र नेपालीको लागि यो घटनाक्रम मानवीयता माथिको कलंक अनि राष्टिय लज्जाको साथै सामाजिक न्यायको लागि समेत गम्भीर एवं ठाडो चुनौती भएको बताएकाछन् । यस्तो गम्भिर घटनाक्रमको उच्चस्तरीय एवं निष्पक्ष छानविन र दोषीहरूलाई हदै सम्मको दण्ड सजाय र पीडित परिवारलाई उचित सदभाव र सान्त्वनाको लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए। घटना लाई तोडमोड गर्ने प्रयास भए ढेड करोड दलित आदिबासी जनजाती आन्दोलन को लागि सडकमा आउन यो कोरोना सोरोनाले हामी लाई छेक्न भन्दै आक्रोश पोखे ।

दलित अधिकारकर्मी किस्मत बिकले सो घटनाको विरोध तथा दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गरेको छ । उनले दरबार वा मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिएको आरोप लगाएक छन । संसदमा प्रस्तुत भएका जनादर्न शर्मा लगायत राजनीति दलका प्रतिनिधिले घटनालाई बङ्ग्याउन खोजिएको प्रती दु:ख ब्यक्त गरे । माओवादी जनयुद्धको चौरजहारीमा सामूहिक रुपमा हत्या गरिनु निकै ठूलो लज्जाको बिषय भएको उनले बताए । घटनाको उचित छनबिन नहुँदा र पीडितले न्याय न पाएको भन्दै कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन हुँदा पनि बाध्य भएर सडकमा उत्रनुपरेको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले रुकुम घटना जातीयताकै कारण भएको नरसंहार घटनाको विरोध तथा दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गरेका छन । निकै क्रुर र अमानवीय उक्त घटनाबाट छ जना युवाको मृत्यु भएको छ । सो घटनाको अहिले चौतर्फी विरोध भइरहेको छ । बुद्ध जन्म भएको देश, सिता जन्मेको देशमा भ्रिकुटी जन्मेको देश मा दिन दाहाडै मान्छे लाई कुटी कुटी मारिन्छ, हात खुट्टा बाधेर नदी मा फालिन्छ । हिजो जनयुद्ध शुरु भएको ठाउँ रुकुम आज सम्झदा घ्रिणा लागेर अाउछ । रुकुमा का जनप्रतिनिधी सम्झ्दा धिक्कार लागेको छ । म आज दु:ख साथ भन्नु परेको छ । मैले घ्रिणा ब्यक्त गर्नु परेको छ । जन युद्धको उद्धगम स्थल भनेर गर्ब गर्ने ठाउँ रुकुम भएन । अब का दिनमा रुकुमको पहिचान चौरजहारी घटनाले बदलेको छ । छ छ जना युवाको हत्या भएको छ । त्रासी पूर्ण घटना भएको छ । घटनाको सत्य तथ्य छानबिन होस् । दोसी लाई हदै सम्म को सर्बोस्व हरण गरी आजीवन काराबास हुनु पर्ने पहाडीले माग गरेका छन ।

रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक सुनियोजित ढंगबाट भएको जघन्य सामूहिक हत्याकाण्ड र अंगिरा पासीको हत्याकाण्ड घटनाले सम्पूर्ण मानब जगत लाई स्तब्ध बनाएको छ- ‘अन्तरजातीय सम्बन्ध’को विरोधको नाऊँमा स्थानीय व्यक्तिहरूद्वारा भए-गरिएको यस घटनाले, समाजमा रहेको पाशविक चरित्र, कथित ‘उच्च जातीय अहंकार’को पराकाष्ठा र राज्य पक्षको निरीह उपस्थिति को यथार्थलाई समेत उजागर गरेको हुँदा आदिबासी जनजाती महासंघको समर्थन साथ सहयोग रहेको रुपन्देही अध्यक्ष शंकर गाहाले बताएका छन । यो घटना केवल दलितको मात्र नभएर साझा घटना हो, दलित को पिडा हाम्रो पनि पिडा हो। रुकुम पश्चिमको घटनामा गैर दलितको पनि हत्या भएको छ। घटनालाई राजनीतिक दल लगायत प्रतिनिधिहरु समेत घटना तोडमोड गर्न खुल्ला रुपमा लविङ गदै हिँडेको खुलाशा भएको हुँदा हाम्रो गम्भिर ध्यानकर्सण भएको छ र सो घटना बारे भोली बुटवलमा उच्च तहको कानुनी परामर्श सहित् छलफल बस्ने जानकारी पनि दिएका छन ।

बिरोध सभा कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका रिता बुढाथोकी र दलित अधिकार कर्मी अमृत बेवारे ले सो घटना सम्बन्धी कबिता वाचन गरेका थिए भने कार्यक्रम संचालन दलित अधिकार कर्मी नर बहादुर सुनारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial