दलित युवाहरुको क्रुर हत्याकाण्ड विरुद्ध प्रदर्शन।

मत्युदण्ड सम्मको कडा कारवाही माँग

अबिन मेयाङ्बो,दमक/ रुकुमको चौरजहारीमा भएको दलिय युवाहरुको सामुहिक हत्याको घट्नालाई कथित उपल्लो जातका मानिसहरुले दलित उपर गरेको क्रुर हत्याकाण्ड भएकोले त्यसमा संलघ्न अपराधिहरुलाई मृत्यु दण्डसम्मको सजाई गरिनुपर्ने माग गर्दै विहीवार धरानमा वृहत प्रदर्शन गरिएको छ । प्रदर्शनमा नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टी लगायतका कार्यकर्ता उक्त पार्टीका दलित संगठनहरुको सहभागीता थियो । संलोराम संघीय लिम्बुवान मञ्च सम्बद्ध शिल्पी संगठनले पनि छुट्टै प्रदर्शन गरेको छ ।

उत्पीडन वर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, दलितलाई मार्न पाइँदैन, हत्यारालाई कारवाही गर लगायत नारा लेखिएको प्लेकार्ड लिएका प्रदर्शनकारीहरुले नाराबाजी समेत गरेका थिए । छाता चौक स्थित पुराना अस्पताल अगाडि भेला भएका प्रदर्शनकारीहरुको जुलुस भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा स्थानिय नेताहरुले दलित युवाहरुको सुनियोजित रुपमा नृसंह हत्या हुनुमा राजनीतिक संरक्षण भएको आशंका बढेकाले घट्नाको निस्पक्ष छानबिन गरी हत्याकाण्डमा संलग्न अपराधिहरु लाई कडा कार्वाही गरी पीडित लाई न्याय दिलाउन माग गरे । समुहिक हत्या जस्तो नृसंश घट्नाले उत्पिडित वर्गका विरुद्ध कथित उच्चा जातिको भेदभाव कति अमानविय रुपमा विद्यमान छ भन्ने कुरा उदाँगो बनाएको बताउँदै उनिहरुले भेदभाव विरुद्धको कानुन लाई कडा बनाउनु पर्नेमा जोड दिए । विरोध प्रदर्शन लगत्तै इलाका एक टोलीले प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएका छन् ।

यसअघि संलोराम संघीय लिम्बुवान मञ्च सम्बद्ध संघीय दलित शिल्पी मञ्चले भानुचोकमा प्रदर्शन गर्दै जाजरकोटमा भएको दलित युवाहरुको सामुहिक हत्याकाण्डमा संलग्न अपराधि लाई मृत्यु दण्ड सम्मको कडा सजाय गरिनु पर्ने, मृतकहरु लाई शहिद घोषणा गर्न माग गरे । उक्त घट्ना कथित उपल्लो जातका मान्छेहरुले दलित शिल्पी युवाहरु उपर गरेको अमानवीय ,क्रुर हत्याकाण्ड भएको बताउँदै कोणसभामा लिम्बुवानका दलित नेता रमेश जगमेरले घट्नामा संलग्न अपराधिहरु लाई राजनीतिक संरक्षण हुनसक्ने आरोप लगाए । छातिमा विभिन्न नारा टाँसेर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुले दलित शिल्पी, लिम्बुवान,खम्बुवान,शेर्पां तामाङसालिङ,नेवा, तमुवान,मगरात ,खसान,थरुहट,मधेश र १० प्लस १ प्रान्त एकजुट होऔ भन्दै नाराबजी गरेका थिए ।

यसै विच जनता समाजवादी पर्टी निकट शिल्पी बिशेष समिति प्रदेश १ ले विज्ञप्ती जारी गर्दै चौरजहारिको घटनामा हत्या गरिएका नबराज बिक टिकाराम बिक सहित ४ जनाको बिषयमा नेकपा नेता सांसद जनार्दन शर्माले भाग्ने क्रममा भिरबाट हाम फाल्दा मृत्यु भएको अभिव्यक्ति प्रती आपत्ति जनाएको छ । अध्यक्ष नरेश बिक क्षितिज र सचिब कुमार बिश्वकर्मा व्दारा जारी प्रेस बिज्ञप्तिमा संसदमा शर्माले दिएको अभिव्यक्ति प्रती आपत्ति जनाएको हो । उनको अभिव्यक्तिले तथ्य प्रमाण नष्ट गर्ने खतरा रहेको उल्लेख छ।यसप्रति सजग रहन आवस्यक भएको भन्दै दोषिलाई हदैसम्मको कार्वाही माग गर्दै बेपत्ताको अवस्था तुरुन्त सार्वजनिक गर्न माग गरिएको छ ।

रुकुमको चौरजहारीको सुष्मा मल्ल र जाजरकोटका नबराज बिक बिच प्रेम सम्बन्ध भएको र अन्तरजातीय बिबाहको लागि केटिको घरमा पुग्दा घटना भएको हो । यस घटनाले दुखित तुल्याएको भन्दै क्रुर अमानबिय बरबर्तापुर्ण कार्यको विज्ञप्तीमा घोर निन्दा गरिएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा ८ सोतीमा भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १८ जना लाई पक्राउ गरेको छ । त्यहाँका वडाध्यक्ष सहित २० जना विरुद्ध किटानी जाहेरी परेको छ । वडाध्यक्षसहित १२ जना सोमबार पक्राउ परेका थिए । थप ६ जनालाई बुधबार पक्राउ गरिएको हो । फरार दुई जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकाका २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी १७ बर्षीय युवतीलाई भगाएर ल्याउन भनी त्यहाँ गएको समयमा शनिबार बेलुका सोतीका स्थानीयले लखेट्दै कुटपिट गरेर हत्या गरेको अभियोग लागेको छ । शनिबार सोती पुगेका युवकहरूलाई गाउँलेले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये ४ जनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको छ । यसअघि शनिवार भेरी नगरपालिका–४ का नवराज विक, रुकुम पश्चिमका चौरजहारी नगरपालिका–१ टीकाराम नेपालीको आइतवार विहान र भेरी ४ का गणेश बुढामगरको सोमवार शव फेला परेको थियो । वेपत्ता रहेका भेरी नगरपालिकाका वडा ४ का १७ बर्षीय गोविन्द शाही र ४ नम्वर वडाकै १८ वर्षीय सञ्जु विकको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial