
अबिन मेयाङ्बो,दमक/सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक हुन् ऐन महरले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईविरुद्ध आपत्तिजनक भाषा प्रयोग गर्दै एक अभिव्यक्ति आफ्नो सामाजिक संजालमा टासेकाछन् ।
विद्यार्थीका नेता त्यही माथी पनि सत्ता पक्षको भातृ संगठनले प्रयोग गर्ने भाषा शैली र प्रस्तुतिले आम विद्यार्थीलाई कस्तो संस्कार सिकाउलान् र माउ पार्टीले कस्तो विद्यार्थी नेता जन्माए भन्नेमा प्रश्न खडा भएको छ।

पटक पटक सामाजिक सञ्जाल र अन्य औपचारिक कार्यक्रममा समेत विपक्षीप्रति तल्लो स्तरको भाषाशैलीका साथ आलोचनामा उत्रिने महरले यश पटक भने पूर्वप्रधानमन्त्री डा भट्टराईलाई श्रद्धाञ्जली दिन भ्याएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ। यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली !’ उनले फेसबुकमा लेखेका छन् ।

बाबुरामलाई यसरी आपत्तिजनक टिप्पणी गरेपछि धेरैले महरको आलोचना गर्दै प्रतिक्रिया दिएका छन् । अत्यधिक आलोचना भएपछि उनले आफ्नो फेसबुकमा अभिव्यक्ति सच्याएका त छन् तर उनको बौद्धिकता र चेतना स्तरमाथि भने टिप्पणी गर्ने क्रम रोकिएको छैन ।
भट्टराईले शनिबार बिहान कोरोना विरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशय सहित टिप्पणी गरेका थिए । उनले नेकपाभित्र ओली समूहमा विवेकहीन मान्छे भएको भन्दै लाखौ श्रमिकले दुःख पाएर स्वदेश फर्किँदा कोरोनाको परीक्षण समेत हुन नसकेको बताएका थिए ।
‘नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन् ? विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन्, तिनको परीक्षण, व्यवस्थापन हुन सकेको छैन। अरिङ्गाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईँमा लाउन सकिन्न ? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ?’
“बिद्यार्थी भनेको विद्वान हुन्छ भन्ने सुनेको थिए तर यतिको विद्वान चाहिँ आज पहिलो चोटि देख्दैछ”।
हाल जनता समाजबादी पार्टी पुर्ब राजपाका प्रदेश न.०१ का युवा अध्यक्ष रोशन लिम्बुले भने व्यंग्यात्मक तरिकाले आफ्नो बिचार राखेका छन: “बिद्यार्थी भनेको विद्वान हुन्छ भन्ने सुनेको थिए तर यतिको विद्वान चाहिँ आज पहिलो चोटि देख्दैछ”।