भारतीय मिडियालाई राष्ट्रिय युवा संघ प्रदेश न.०१ अध्यक्ष रोशन लिम्बुको कडा चेतावनी।

अबिन मेयाङ्बो,दमक/ बिगत केही दिन देखि नेपाल – भारत सिमा विवाद उत्कर्षमा पुगेको छ । नेपालको भुमी लिपुलेक,कालापानी र लिम्पयाधुरा माथी भारतले गरेको अबैध कब्जा लाई हामी घोर भर्त्सना र निन्दा गर्दछौ।

नेपाल सरकारले जारी गरेको नेपाल को नयाँ नक्सा लाई हामी स्वागत गर्छौ ।नक्सामा मात्र सिमित बनाई नेपाली जनतालाई सधै झै जुलाउने भुलाउने नगरि चाडाे भन्दा चाडाे भारत सगं बार्ता बाट हुन्छ या कुनै संयन्त्र अपनाई नेपालकाे भुमि नेपाल र नेपालीकाे हुनु पर्ने नेपाल सरकारलाई ज स पा युवा पहल तथा ध्यान अाकर्षण गर्दछाै।

भारतिय मिडिया ले प्रसारण गरेको केही मिडिया रिपोर्ट प्रती हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ र हामी त्यसको घोर निन्दा गर्दछौ । पुनः नेपाल प्रती गलत समाचार प्रसारण नगर्न भारतिय मिडियाका पत्रकार ज्युहरुलाइ अनुरोध गर्न चाहन्छौ।यदि आफ्नो गल्ती नस्विकार्ने र यहि क्रम जारी राख्ने हो भने हामी पनि भारतीय मिडियाहरु प्रती अंकुश लगाउन बाध्य हुने कुरा बताउछौ साथै नेपाल सरकारकाे गम्भीर ध्यान अाकर्षण  पनि गराएको कुरा प्रदेश न.०१ अध्यक्ष रोशन लिम्बुले बताए ।

“अब यसरी नै हाम्रो बाकी भु-भाग पनि फिर्ता ल्याउनुपर्छ।”

भारत संग वार्ता सुरु गरि फेरि नेपाल र भारत बिचको सम्बन्ध अर्को उत्कर्षमा पुर्याउनुपर्ने पनि उनले माग राखेका छन । कालापानी , लिपुलेख र लिम्पयाधुरा नेपाल को थियो , नेपाल को हो र नेपालकै रहने छ ।

यस विषयमा जसपा नेपालका सबै युवा तथा जसपा  पार्टि सधै सरकारको साथ रहेको र सरकारले उठाउने सबै सकारात्मक एवम सहि कदममा साथ दिने प्रतिबद्धता व्यक्त गर्दछौ  र काेरानाले बिश्व भर त्रास फैलिरहेकाे अवस्था मा नेपालमा पनि दिन दिनै सङ्कमित बढ्दै गईरहेकाे हुनाले भाईरस फैलिन नदिन र दैनिक कमाई गरि खाने गरिब निमुखालाई प्रती पनि पुःन स्तानिय सरकार र नेपाल सरकारलाई गहिराे ध्यान अाकर्षण हुन अाग्रहका  साथै  छिमेकि राष्ट्रहरूकाे सिमाना अावत जावतमा कडा भन्दा कडा निगरानि राख्न सम्बन्धित सराेकार तथा सुराक्षाकर्मि मा बिनम्र अनुराेध गर्दछाै।

बिदेशमा राेजगारिमा रहेका र याे माहामारिमा कुनै पनि नेपाली  बिदेशमा राेग र भाेग बाट लड्नु नपराेस कुटनिति संयन्त्र अपनाई बैदेशिकमा रहेका नेपालीलाई सुरक्षित अपनाउन समेत सम्बन्धित सरकारलाई ज स पा युवा पहल तथा ध्यानाकर्षण गर्दछाै ।

धरानमा हाम्रो सहयात्री मित्र श्री सुब्बालाई फसाइएको हो या के हो त्यसको बिषयमा उचित छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु चाहन्छौं।यदि उहालाइ फसाइएको रहेछ भने त्यसको पनि सत्यतथ्यको आधारमा कानुन बमोजिम त्यस ब्यक्तिलाइ कारबाही होस पनि भन्न चाहान्छौ।गलतलाई गलत भन्ने बानी बसाउनु पर्ने समेत रोशन लिम्बुले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial