लिम्बुहरुको ऐतिहासिक, सास्कृतिक तथा धार्मिक स्थललाई अकुपाई गरेको बिषयमा लिबि मन्चको बिरोध।

अबिन मेयाङ्बो,दमक/ आज लिम्बू बिद्यार्थी मन्च जिल्ला शाखा मोरङ र झापाले संयुक्त प्रेस बिज्ञापति निकालेको छ।

मोरङ र झापा जिल्लाको सिमाना स्थित आम्बारी खेल मैदान बनाउने क्रममा लिम्बुहरुको ऐतिहासिक,सास्कृतिक तथा धार्मिक स्थललाई अकुपाई गरेको बिषयमा बिरोध स्वरुप बिज्ञापति निकालेको जिल्ला शाखा झापाको सचिब सन्जय इङनामले बताए।

जिल्ला शाखा मोरङ अध्यक्ष हेमन सुब्ब  र झापा शाखाका सचिब सन्जय इङ्नामले हस्ताक्षरित सो बिज्ञाप्तीको पुर्ण रुप:-
                   
                 संयुक्त प्रेस विज्ञप्ती
लिम्बु विद्यार्थी मञ्च लिम्बुहरुको लिपि,भाषा, धर्म, सस्कार,सस्कृति,ऐतिहासिक तथा पुरातात्विक धार्मिक स्थालहरुको संरक्षण तथा सम्बर्धनको निम्ति संघर्ष गर्दै आएको हामी सबैमा अवगतनै छ । मोरङ र झापा जिल्लाको (उर्लाबारी दमक) सिमाना स्थित आम्बारी खेल मैदान बनाउने क्रममा लिम्बुहरुको ऐतिहासिक, सास्कृतिक तथा धार्मिक स्थललाई अकुपाई गरेको विषयमा लिम्बु विद्यार्थी मञ्च जिल्ला कार्यसमिति मोरङ र झपाकोे ध्यानाकर्षण भएको छ ।

धार्मिक तथा सास्कृतिक स्थलमा भौतिक संरचना निर्माण नगर्न भनि नेपालको सम्मानित सर्वोच्च अदालतद्धारा २०७४ कार्तिक ८ गते गरेको परमादेश, आईएलओ १६९ , सास्कृतिक सम्पदा सुरक्षा सम्बन्धी युनेस्को घोषणापत्र २००३ लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी, महासन्धी र कानुनहरुले प्रदान गरेको अधिकारहरुलाई अपमान गर्दै, सम्बन्धित समुदायलाई विना जानकारी खेल मैदान निर्माण गर्ने कार्यले लिम्बुहरुको  धार्मिक तथा सास्कृतिक क्षेत्रलाई पुर्णरुपमा क्षति पुर्याउने कार्य भएकोले त्यस प्रति गम्भीर भत्सर्ना गर्दछौं ।

आम्बारी खेल मैदानको आवश्यकता बारे हामी सबै पक्षको ध्यान रहेकै हो यद्यपी सास्कृतिक तथा धार्मिक क्षेत्रलाई नै नष्ट गरेर खेल मैदान निर्माण गरिनु पर्छ भन्ने होईन, त्यसको विकल्पहरु प्रशस्तै रहेका छन । उक्त मिचिने क्षेत्रमा चासोक स्थाल, माङहिम, कार्यक्रम स्टेज, पुजा स्थान लगायत महत्वपुर्ण क्षेत्रहरु सबै पर्ने भएकोले निर्माण कार्यलाई तत्काल स्थगन गरि विवाद समाधानको मार्ग खोज्न सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौं । निर्माण कार्य तत्काल स्थगन नभए त्यसबाट उत्पन्न घटनाको जिम्मेवार सम्बन्धित निकाय स्वयम हुनुपर्ने यसै विज्ञप्ती मार्फत अवगत गराउदछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial