दमकका प्रतिष्ठित स्कुलहरुको दादागिरि।

समचार डेस्क,दमक/ कोभिड-१९ को कारण अहिले देश पुर्ण लकडाउनमा छ।लकडाउनका कारण सर्वसाधारणमा समेत असहज परिस्थिति उत्पन्न भएको छ।सोही कुरालाइ मध्यनजर गर्दै शिक्षकको अवस्था कस्तो छ भन्ने सन्धर्भमा हाम्रा संवाददाताले शिक्षकहरुसित संवाद गर्ने क्रममा दमक-८ स्थित एभरेस्ट बोर्डिङले शिक्षकलाइ दिनुपर्ने तलब समेत नदिएको शिक्षकहरुले गुनासो पोखेका छन।उनिहरुले आफ्नो नाम गोप्य राख्ने सर्तमा यस्तो कुरा खुलासा गरेका हुन।

दमकका विभिन्न निजि बिद्यालयले कोठा भाडामा बस्ने आफ्नो शिक्षकको मर्म बुझेर राहत बितरण गरेको पनि पाइएको छ।त्यस बिद्यालयले भने शिक्षकले मेहेनत गरेको तलब सम्म नपाउदा उनिहरु दुखित भएका छन।

एभरेस्ट बोर्डिङ दमकमा भलिबल लगायत शैक्षिक धरोहर समेत मान्ने गरिन्छ तर बिद्यालयले भने दिनरात नभनी खट्ने आफ्नो बिद्यालयका शिक्षकलाइ तलब नदिएको र सोही बिद्यालयका कोठा भाडामा बस्ने शिक्षकहरु तलब नपाएर पुर्ण मार्कमा परेका छन।

उक्त बिद्यालयले बिद्यार्थीबाट भने चैत्र मसान्तसम्मको पुर्ण शुल्क लिइसकेको भने पनि आफ्नो शिक्षकलाइ तलब दिन नसक्नु यो संस्थापक बिद्यालयको हेपाइ र अशोभनीय कार्य हो भन्दा फरक नपर्ने स्रोत बताउछ।

नेपाल सरकार इस्टु लगायतको शैक्षिक संगठनले भने चैत्रसम्मको तलब शिक्षकलाइ अनिवार्य दिनुपर्ने घोषण गरेता पनि एभरेस्टले नदिएको प्रती आफुहरुको घोर भत्सर्ना रहेको स्रोत बताउछ।

यश सम्बन्धि अझै पनि स्कुलले ध्यान नदिने हो भने हामी संबैधानिक र कानुनी पाइला चाल्न बाध्य हुने स्रोतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial