झापामा सिने क्लिक प्रोडकसनको फोटोशूट ।

समाचार डेस्क,दमक/घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य लिई सीने क्लिक प्रोडूक्शनले उद्यमशिल महिला जागरण केन्द्र झापा र समावेशी महिला शसक्तीकरण संस्थाले उत्पादन गरेको वस्तुहरुलाई ऐतिहासिक पहिलो चोटी कमल गाउँपालिका वार्ड ४ को स्माइल फन पार्कमा आदा दर्जन मोडलहरुको साथमा फोटोशूट सम्पन्न गरेको छ ।

राष्ट्रीय मौलिक पोशाक पहिरन चीजहरु हाम्रो इतिहास हुन र आफ्नै ठाउँमा भएको विभिन्न उत्पादन वस्तुलाई अघि लानु र बजार सम्म पुर्याउनु सके हाम्रो ठाउँको नाम उच्च रहने र आउने दिनहरुमा सबैले घरेलू उत्पादन गर्न सहज पुग्ने बताए।

संस्कार संस्कृतिलाई बुझ्न सक्ने र स्थानीय मोडलहरुलाई पनि संग-सगै अघि बढाउने उद्देश्यले सीने क्लिक प्रोडूक्शनका प्रोफाईटर तथा प्रबन्धक बेनु राज सुब्बा र याक्थुङ युवा मन्च कमल गाउँ पालिकाको अध्यक्ष समेत रहेको बसन्त लिम्बु ( लावती )ले फोटोशूट गरिएको बताए ।

त्यस्तै गरी ४२ जना महीलाहरुलाई रोजगार दिदै निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई सिप सिकाउदै आत्मनिर्भर गराउदै गरेको साथै उद्यमशील महिला जागरण केन्द्रले शुरूगरेको दुई महीनाको अवधी रहेको पनि अध्यक्ष शान्ता उप्रेती ‘दहाल’ बताउनुभयो लिम्बु समुदायका ढाकाका पहिरन कपडाहरु र स्वदेशी घरेलु उपभोग्य  तथा विभिन्न सजावट उत्पादन वस्तुहरु सिलाइ गरिएको  सचिब गौरी चेन्जोङ राईले बताए।

हाम्रो संस्थालाई प्रदेश १ का माननीय  इन्दिरा राई ज्युले पनि सहयोग गर्नु भएको जानकारी महिला समावेशी शसक्तीकरण संस्थाका अध्यक्ष गौरी चापागाई बताएका छन।

त्यस्तै अर्को महिला समावेशी शसक्तीकरण संस्थाका अध्यक्ष गौरी चापागाई , सचिब ममता गुरुङ ,सह सचिब सेलिना राईले नेपाली तथा विदेशी नारीहरुलाई लक्षित गरी नयाँ पुस्ताहरुको चाहना बमोजिम हातैले बनाएको शिर देखि पैतला सम्मका विभिन्न आकर्षक गरगहना समानहरु उत्पादन गरेका बताए ।

एक  कार्यक्रम गरी ती वस्तुहरु चाढ़ै बजारमा ल्याउने तर अहिले कोरोनाभाइरसको कारण लकडाउ भएको हुदा त्यो काम रोकीएको बताइएको छ। कोरोना भाइरसको महामारी नियंत्रण भए लगतै सो काम हुने र उत्पादित सामानहरुले मार्केट लिने कुरामा विस्वस्त रहेको भन्दै स्थानीय महिलाहरुलाई शिप सिकाउदै दीदी बैनीहरुलाइ आत्मनिर्भर बनाउन मद्दत पुगेन बताए।सो कार्यक्रममा स्थानीय कलाकारहरुलाई फोटोशूट गराउन पाउनु यो आफैमा एउटा सकारात्मक काम रहेको स्रोतले बताए । यस संस्थाले सीने क्लिक प्रोडूक्शनका सम्पूर्ण टीम प्रति आभार व्यक्त गरेका छन ।

त्यस्तै गरी लोकप्रिय मोडल तथा लिम्बु म्यूजिक भिडियोकी नायिका संगीता लावतीले दुबै संस्थामा भएको विभिन्न उत्पादन पोशाक तथा गरगहना धेरै राम्रो रहेको र आउने दिनहरुमा यस संस्थाले अझ प्रगति गर्ने विस्वास रहेको र आफुलाई पनि पहिरन लगाई फोटोशूट गर्ने अवसर दिमु भएकोमा धन्यवाद दिदै खुसी व्यक्त गरे ।

अन्त्यमा दुबै संस्थाले यस फ़ोटोशूट रहेको आस्मिता श्रेष्ठ , सिक्कू फागो , निचल राई , आस्ता योङहाङ , रोस्नी चापागाई साथै यस कार्यक्रमको विशेष व्यक्तित्व वीरेंद्र याक्थुम्बा , बि.आर.यस युटुब च्यानलका प्रोफाइटर तथा पत्रकार साथै याक्थुङ युवा मन्चका कमल गाउँ पालिका अध्यक्ष बसन्त राज सुब्बा र सहयोगीहरुमा समाजसेवी दुरेन नेम्वाङ, छत्रहाङ फागो, वीरेंद्र अधिकारी , गोपाल बोहोरा, नवीन बस्नेत , अनीस तामाङ , युवराज भण्डारी , विजू थेबे लिम्बू , संन्जु लिम्बू  र पत्रकार मिडिया सबैको उपस्थितको लागि धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial