भारतमा रहेको नेपालीहरुलाइ दमक ल्याएर क्वारेन्टाइनमा राख्ने।

समाचार डेस्क,दमक/नेपाल आउने प्रतिक्षामा भारतको सिमामा रहेका करिब १ हजार नेपाली भोलीदेखि झापा प्रवेस गर्न पाउने भएकाछन् । यसका लागि आवश्यक तयारी पुरा भएको बताईएको छ । त्यसमध्ये दमकमा पनि होल्ड एरिया तथा क्वारेन्टाइन तोकिएको छ । दमकको मदन भण्डारी स्मृती प्रतिष्ठानको तारबारीस्थित सिमए कलेज र मानसरोवर कलेजलाई होल्ड एरिया तथा क्वारेन्टाईन तोकिएको छ ।

जिल्ला समन्वय समिति एवं जिल्ला स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेल सहित प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, नेपाली काँग्रेसका झापा सभापति उद्धब थापा सहितको टोली दमक आएको थियो ।

स्थलगत अवलोकनपछि यहाँ करिब २ सयजना रहनसक्ने निक्र्योल निकालेको छ । शनिवार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले झापामा बारम्बार क्वारेन्टाइन तथा होल्ड एरिया बनाउनका लागि निर्देशन दिएपनि अहिलेसम्म नबनेको भन्दै कडा रुपमा एक्सन लिएका थिए । त्यो लगत्तै झापामा यस बिषयमा तातो लागेको थियो ।

दमक सहित बिर्तामोडको कञ्चनजंगा नर्सिङ कलेजमा ३ सय, मेचीनगरको आदर्श मावि र राधास्वामीमा १५० ,मेची क्याम्पस भद्रपुरमा ३ सय, कलवलगुरीमा ९० र अर्जुनधाराको शनिश्चरे माविमा ५० बेडको क्वारेन्टाइन बन्ने पनि निश्चित बनेको पोर्तेलले जनाएकाछन् ।

सुरक्षाका सबै आवश्यक तयारी गरेर भारतबाट नेपालीहरुलाई ल्याईने र यहाँ राखेर स्वाब परीक्षण गरेर मात्र स्वस्थ रहेको अवस्थामा घर पठाउने तयारी गरेको बताईन्छ । बाहिरी जिल्लाको भए सबै परीक्षण पश्चातमात्र सम्बन्धित जिल्ला सदरमुकामसम्म पुर्याउने तयारी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial