वल्क नेपालले राहत बितरण गर्यो।

न्युज ब्यूरो,काठमाडौँ/कोरोन भाइरस ले संसार आक्रान्त पारिरहेको छ। पछिलो समय नेपालमा पनि संक्रमण तिब्र गतिले बढे संगै ज्यान समेत जान थालिसकेको छ। संक्रमण बढे संगै सर्बसाधारणमा त्राश छाउन थालिसकेको छ भने सरकार लकडाउन कडा बनाउने रणनीति लिएको देखिन्क्ष। हुन् त् नेपाल जस्तो गरिब मुलुकले संक्रमणलाई बढ्न नदिन लकडाउन भन्दा अरु विकल्प के पो हुन् सक्छ र यदी संक्रमण यसरी बढेमा नेपाल को स्थिति पक्कै भयावह हुने देखिन्छ।

कोरोन संक्रमणले हरेक क्षेत्रलाई प्रभाबित गरेको छ भने आर्थिक क्षेत्र अझ गतिलो गरी थला पर्ने देखिन्छ। कोरोन संक्रमण को कारण पिडित भएकाहरुलाई बिभिन्न संघ सस्थाहरुले सहयोग जारी राखेका छन। भक्तपुरमा रहेको पचिस मिर्गौला पिडित परिवारहरुलाई गौर नाफामुलक सस्था वल्क नेपालले एक -एक बोराका दरले चामल सहयोग गरेको सचिब रोशन लिम्बुले बताएका छन।

आगामी दिनहरुमा समेत सहयोग जारी राख्नने सस्थाका कोषाध्यक्ष मनिष लिम्बुले जानकारी दिनु भयो। यस सस्थाले पर्यटन बिकाश ,प्रबर्धन लगाएतका क्षेत्रमा टेवा पुर्याउन बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यस महामारीसंग लड्न सबै देशबासीहरु एक भई लड्यो भने मात्र यो महामारी लाई पराजित गर्न सकिने सस्थाका अध्यक्ष खड्क श्रेष्ठले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial