बैंकको खातामा रहेको पैसा नकाट्न दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको अनुरोध

गोकुल श्रेष्ठ

समाचार डेस्क, दमक/ दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले लकडाउनको यो समयमा बैकहरुले ब्यवसायीहरुलाई तनाव दिनु नहुने बताएकाछन् । किस्ता र ब्याज माग्ने गरेको भन्दै यस्तो नगर्न उनले भनेकाछन् ।

यस बिषयमा बैकका शाखा प्रवन्धकहरुसंग पनि कुरा गरेको र सरकारले पनि अहिले ब्यवसायीहरुलाई जबरजस्ति नगर्न भनेको भन्दै त्यस्तो गरेर ब्यवसयीलाई तनाव नदिन उनले आग्रह गरे ।

दमक नगरपालिकासंग पनि यस बिषयमा समन्वय भएको उनको भनाई छ । नगरपालिका उपप्रमुख गीता अधिकारीले पनि केहि ठाँउमा फोन गरेर ब्यवसायीहरुलाई यस्तो अवस्थामा तनाव नदिनका लागि भन्नु भएको छ र मैले पनि भनेको छु, उनले भने ।

ब्यवसायीले घरखर्चका लागि जम्मा गरेको रकम पनि नियमित किस्ताको रुपमा काटिएको बिषयमा पनि ध्यानकर्षण भएको उनले जनाए । यसरी ब्यवसायीलाई जानकारी नदिई काटिनु दुखद हो र यस्तो गर्न हुन्न भन्ने हाम्रो स्पष्ट भनाई रहेको छ ।

श्रेष्ठले यदि कसैको खाताबाट रकम काटेको भए त्यो फिर्ता गराउने पनि बताए । बैकहरुले पनि निवेदन दिएमा फिर्ता गराउने भनेकाछन्, उनले भने ।

यदि बैकले त्यसो गर्न नमाने दमक उद्योग बाणिज्य संघ त्यसमा सहजिकरण गर्नका लागि तयार छ, उनले थपे । दमकमा बैकहरुले ब्यवसयीलाई छुट र बिभिन्न कुरा सुनाउदै फोन गर्न तथा ताकेता गर्न नछाडेको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial