सुस्ता पुर्वमा राष्ट्रिय जनमुक्ति पार्टी द्वारा राहत बितरण

न्युज ब्यूरो,सुस्ता पुर्व । कोभिड्-१९ बिरुद्ध लामो समयदेखी जारी लकडाउनका कारण पर्न गएको समस्यालाई मध्यानजर गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य तथा समाजसेवी नर बहादुर ठाडा मगरको पहलमा सुस्ता पुर्व कावसोती नगरपालिका -८ नवलपुर मा रहेको श्री मौलाकालिका अपाङ्ग सेवा संस्थालाई खाधन्न हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष कृष्णकुमार रोक्काले यस्तो महामारीको बेलामा राष्ट्रिय जनमुक्ति पार्टीले गरेको सहयोगको उच्च मुल्याङ्कन गर्नु भयो ।

मुलुक भरी (कोविड्-१९) बाट सक्रमित संख्या-२५८ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ ‘आफु पनि बचौ र अरुलाई पनि बचाउ’ साथै जारी लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ, यस्तो महामारीमा आम सर्वसाधारणहरु कोरोना भाईरस बाट बच्न् सबै जना घरमै बसौ संघीय परिषद सदस्य एंवम राष्ट्रिय दलित मोर्चा का संयोजक श्याम परियारले सुझाब दिएका छन ।

राहत हस्तानतरण गर्न पार्टीका संघीय परिषद सदस्य नर बहादुर ठाडा संघीय परिषद सदस्य एंवम राष्ट्रिय दलित मोर्चा का संयोजक श्याम परियार, जिल्ला संगठन सचिव शत्रुघन थापा, कोषाध्यक्ष बुद्धि बहादुर सारू, पुर्व सैनिक संगठन सदस्य थम बहादुर गाहा र हिरा सिंह ठाडा मगर सुस्ता पुर्व पुग्नु भएको संठन सचिब सत्रुघन थापाले बतएका छन । थापाले यस्तो आपतबिपतमा सहयोगमा जुट्नु भनेको सबै भन्दा ठुलो मानबिय धर्म हुने साथै यस्तो बिपतको घडीमा राज्य पक्ष बाट पनि सबै ठाउँ मा समान रुपले रहत बितरण गर्न अनुरोध गरेका छन । अहिले कोभिड-१९ को डीग्री बढीरहेको छ् तसर्थ विश्वस्वास्थ्य संगठन WHO को सल्लाह अनुसार साबुन–पानीले हात धोईराखौ । सेनिटाइजरको प्रयोग गर्ने,खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग छोप्ने, आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब सल्लाह पनि दिएका छन । यो महामारी-बिपतको घडीमा सहयोगी बनौ । जारी लकडाउनको सबैले पालना गरौ । सबै जना घरमै बसौ, सुरुक्षित रहौ पार्टीको तर्फ देखी सबै लाई आग्रह समेत गरेको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial