बि.आर.यस च्यानलको नौलो प्रस्तुति जनचेतना मुलक लकडाउन कोभिड-१९ लघु चलचित्र।

समाचार डेस्क,कमल/विश्व व्यापी रुपमा फैलिरहेको महामारी रोग कोरोना भाइरसद्वारा उत्पन्न समसामूहिक घटना क्रमलाई आधार मानी जनचेतना मुलक लघु चलचित्र लकड़ाउन कोभिड-१९को निर्माण कार्य समापन भएको छ ।सो चलचित्र बि.आर.यस च्यानलले निर्माण गरेको पहिलो लघु चलचित्र पनि रहेको छ।यश लाघु चलचित्र अब हप्ता दिन पछि बि.आर.यस( बसन्त राज सुब्बा ) युटुब च्यानलमा रिलीज़ हुने निर्माताले बताएका छन् ।

उक्त लघु चलचित्रका  लेखक तथा निर्देशक वीरेन्द्र याक्थुम्बा सुवासले यो सर्ट मुभी लकड़ाउनको उद्देश्यलाई मध्यनजर राख्दै जनहित कै लागि निर्माण भएको र सकारात्मक सन्देश जाने बताएका छन् ।

त्यस्तै गरी बि.आर.यस च्यानलका प्रबन्धक तथा निर्माता बसन्त राज सुब्बाले लकडाउन कोभिड-१९ लघु चलचित्रमा कोरोना भाइरसले निम्ताएको समस्यालाई मुख्य आधार मान्दै सो चलचित्र मिति २०७७ वैशाखको पहिलो हप्ता देखि शूटिंग भएको  थियो।  त्यसै बिच निर्देशक वीरेन्द्र याक्थुम्बा ( सुवास ) को ससुरा बुवाको असमहिक निधनले ३ दिन जति शूटिंग स्थगित भएकोले केहि ढीला सुस्ती भएता पनि फेरी शुटिङ अघि बढेको बताए। यो निर्माण कार्यलाई स्थानीय बासीहरु र टीमको साथ सहयोग सकारात्मक रहेको  cameraman तथा editer  बेनु सुब्बाले बताए।

उक्त लघु चलचित्रले प्राविधिक पक्षलाई निक्कै राम्रो संग समिटीए बताए साथै लेखक तथा निर्देशकले यस शर्ट मुभिले जल्दोबल्दो विषयलाई समिटीएको र यो फिल्म पूरा पूरी आदि घण्टा ( ३० मिनेट) जतिको रहेको पनि बताए। उक्त शर्ट मुभिको छायाकन सामाजिक दूरीलाई मध्यनजर गर्दै गरे पनि यहाँको स्थानीयमा कोरोनाको संक्रमण नभएकोले शूटिंगमा सामाजिक दूरीको पालाना गर्दै गर्दा पनि केहि कथा वस्तुले मागे अनुरूप त्यो कुरामा ध्यान पुराउनु पर्ने हुन्छ । यदपी विषयगत शूटिंग स्थलमा उपस्थिति पक्षले उक्त शर्ट मुभि राम्रो हुने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial