
समाचार डेस्क,दमक/नेपाली कांग्रेसका जिल्ला सदस्य रवि केसीले दमक ८ स्थित आइतबारे,वालुवाटार लगायत क्षेत्रका अतिविपन्न परिवारलाई करिव १ लाख २० हजार मूल्य बराबरको खाद्यान्न राहत दिएका छन् । सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन जारी राखेको बन्दाबन्दीका कारण खाद्यान्न अभाव झेलिआएका आफनो वडाका अतिविपन्न १२७ परिवारलाई युवा व्यवसायी समेत रहेका केसीले चामल,नुन लगायतका खाद्यान्न दिएका हुन् ।
गएको स्थानीय तहको निर्वाचनमा दमक ८ बाट वडाध्यक्षका प्रत्यासी समेत रहेका युवा व्यक्तित्व केसीले बन्दाबन्दीका मारमा परेका लक्षित समुदायलाई पहिचान गरि मंगलवार घरघर पुगेर पार्टीको वडा समितिमार्फत सो खाद्यान्न राहत वितरण गरेका हन् ।
वडाध्यक्ष पशुपति गौतमसहित कांग्रेसका नेता,कार्यकर्ताहरुको उपस्थितिमा सामाजिक दुरी कायम गरि आफूले स्वेच्छिक राहत दिएको दाता केसीले वताएका छन् । नेविसंघका जिल्ला उपाध्यक्ष भवानी काफ्लेका अनुसार ३ जनासम्मलाई १० केजी , ३ जना माथि ६ जनासम्मकालाई २० केजी र ६ जना माथि भएका परिवारलाई २५ केजी चामल,नुन वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा महासमिति सदस्य दिल बहादुर बुढाथोकी ,मेदनी सिटौला, महाधिवेशन प्रतिनिधि रोशन गौतम, जिल्ला सदस्य उमाकान्त आचार्य ,बिक्रम अधिकारी,क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, नगर सभापति रोशन विष्ट,नेविसघ जिल्ला सदस्य सन्देश थापा,पार्टीका वडा सभापति उमाकान्त ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।